सोलुखुम्बु – वि सं. २०६६ सालमा स्थापना भएको थुलुङ्ग दुधकोशी गा. पा. १ नेलेको तुम्से डाँडामा अवस्थित हिमशिखर केयरने अस्टिनोभ स्कूल शैक्षिक क्षेत्रमा नयाँ नयाँ काम गरी अगाडी बढी रहेको छ । विद्यार्थी हरुलाई किताबी ज्ञान मात्र नभई कृषि तथा पशुपालन ज्ञान, नाटक, नृत्य, योगा लगायतका विविध कार्यक्रमहरु सञ्चालन गरी जीवनोपयोगी शिक्षा प्रदान गरिदै आएको छ । केही दिन अगाडी छोरीको शिक्षा नामक नाटक र गलबन्दी गीतको बोलमा अङ्ग्रेजी भाषामा दोहोरी युट्युब मार्फत सार्वजनिक गरिएको छ । विद्यार्थीहरुलाई एभोकाडोको ८ ओटा र बेगोनिया को १९ ओटा बीउ रोप्न सिकाइएको छ । यस अघि पनि गाउँघरमा प्रयोग गर्न मिल्ने गुइँठा, सुथो, कर्कलो/पिँडालु र दाल मिसाएर तितौरा, आलु चिप्स लगायतका विभिन्न घरेलु समान बनाउन पनि सिकाएको छ । साथै सजावटको लागी काठबाट हलो, जुवा, कोदालो, बाँसको चोयाबाट डोको, धागो बाट मोजा र पञ्जा बन्न तथा कागजको ओरिगामी-किरिगामी बनाउन सिकाएको हिमशिखर केयरने अस्टिनोभ स्कूलका प्रिन्सिपल ताबिन्द्र राई र फाउन्डर प्रिन्सिपल प्रणय राईले जानकारी दिनु भयो । उहाँहरू दुवै जनाले शैक्षिक गुणस्तरको विकास गर्न सहयोग गर्ने सबै अभिभावक, विद्यार्थी र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ र आगामी दिनमा अझै लगन र मेहनतका साथ अगाडी बढ्ने बताउनु भएको छ ।