सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा केन्द्रिय विधुत्त प्रसारण लाईन जडान गर्न तिब्ररुपमा कार्य सुचारु भएको छ।
स्थानीय स्तरमा मा चाडै केन्द्रिय प्रसारण लाईन जडान गर्न विभिन्न कार्यक्रम सुरु भएको छ ।
विधुत्तको पोल ल्याउने खाल्डो खन्ने र पोल गाडन्ने जस्ता कार्यहरु सुरु भएको छ।
साथै सोलुदुधकुण्ड नगरपालिका वडा नं ९ मा पनि अब चाडैनै काम सुरु हुने भएको छ।
यो अगाडिनै सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ पत्तलेमा कार्य सम्पन्न भै विधुत्त परिक्षण प्रसारण समेत गरि सकेको छ।अन्य क्षेत्रमा तीब्र रूपमा काम भैरहेको छ।
यसरीनै चाडै प्राविधिकरणले तिब्ररुपमा काम गरेमा गोरा टाप्टिङ र केरुङमा दशैमा झलमल हुने देखीएको छ।