सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा २ विदेशी नागरिक सहित ८ जना नेपाली नागरिकहरुलाई वोङ्छु मेमोरियल हस्पिटलको क्वारेन्टाइनमा राखिएको छ।दुईजना बिदेशी नागरिक गत फागुन २४ गते काठमाडौमा आएका थिए ।भने सोलुखुम्बुको जन्तर ढाप हुँदै पिके,जुन्बेसी दुधकुण्ड टाक्सिन्दु खरिखोला हुँदै नाम्चे सम्म आएर पुन पिके हुँदै दिमिल आईपुग्दा उनिहरुलाई बैशाख ८ गते नेपाल प्रहरी र वडा कार्यलयको मातहतमा नियन्त्रणमा लिएको हो र आज बैशाख ९ गते बिहान १० बजे क्वारेन्टाइनमा राखीएको छ।विदेशी नागरिक महिला र पुरुष दुबै ७२ बर्षका रहेका छन। ट्रेकिङको सिलसिलामा सोलुखुम्बु मा आएका थिए ।जस्मा दुई विदेशी नागरिक अमेरिका देशका क्यालिफोनियाका छन भने ७ जना नेपालीहरु सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० साबिक दिमिल रहेका छन भने १ जना ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपाकिका वडा नं ५ का रहेको छन। उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा टाप्टिङ स्वास्थ्य चौकीका इन्चार्ज असल तामाङले सोलुदुधकुण्ड अन्लाईन लाई जानकारी दिनुभयो ।स्वास्थ्य चौकीका सम्पुर्ण कर्मचारीहरुले क्वारेन्टाइन व्याबस्थापनमा बिशेश सहयोग गरिएको बताईएको छ।