नेत्रविक्रम चन्दको बन्दले देशभर प्रभावित गाडी तोडफोड र आगजनी समेत

- 2019 April 18 मा प्रकाशित

काठमाडौं :आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर प्रभावित परेको छ।आज पुर्व पश्चिम चलन्ने साना तथा ठुला सवारी साधनहरु चल्न सकेको छैन।

तेस्तै बन्दको अवज्ञा गरेको आरोपमा मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी भएको छ।

भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका हुन्। जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ।

त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ। ट्रकको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ ।