पिके जाने साम्सिङ भञ्ज्याङ्मा रहेको सबै भन्दा लामो माने निर्माण कार्य संचालन भएको छ।

- 2023 May 28 मा प्रकाशित

जेठ १४, सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० स्थित पर्यटकीय स्थल पिके क्षेत्र जाने बाटोमा साम्सिङ भञ्ज्याङमा माने पर्खालहरुको मर्मत सम्भार तथा पुर्ननिर्माण सुरु भएको छ । प्रचीनकालमा निर्माण भएको ऐतिहासिक धार्मिक सम्पदा १६ वटा माने पर्खालको मर्मत तथा पुर्ननिर्माण सुरु गरिएको हो ।

५३८ लम्बाई र ४ फिट चौडाइ तथा ४ फिट ८ इन्च उचाइको ति मानेहरुलाई पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिए ।
स्थानीयको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङको वडा कार्यालय सँगको समन्वयमा जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताए । उहाँका अनुसार १० दिन भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष रहेको भएता पनि मौसम प्रतिकुल र माने निर्माण गर्ने क्षेत्र बिकट ठाउँमा रहेकोले सोचेको समयमानै निर्माण कार्य सम्पन्न गर्न कठिनाइ भएको छ।
माने निर्माण कार्य पुरा गर्न आवश्यक बजेटका लागि सहयोगको आह्वान गरिएकोे छ । निर्माण कार्य पुरा गर्न २० लाख रकम खर्च हुन सक्ने अनुमान गरिएको छ ।

के हो माने पर्खाल ?
माने शब्द संस्कृत भाषाको माणिबाट आएको हो जसले अमुल्य रत्न भन्ने बुझाउदछ । माने शब्दले माने पर्खालको अलवा प्रार्थनालाई पनि बुझाउछ । माने पर्खाल र यसमा कुदिने मन्त्रहरु बुद्धधर्मसँग सम्बन्धित रहेको र बुद्धधर्मका त्रिरत्नहरु बुद्ध धर्म संघ मध्ये मानेमा धर्मका कुरा कुदिने हुँदा यसलाई माणि जस्तै अमुल्य रुपमा लिएको देखिन्छ ।

मानेको पृष्ठभूमि
हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धामागर्गीहरुले सदियौ देखि माने पर्खाल बनाउदै आइरहेको पाइन्छ । नेपालीको अन्य हिमाली जिल्लाहरुमा जस्तैः ओखलढुंगा, सोलुखुम्बुमा पनि विभिन्न आकार प्रकारका माने निर्माण गर्दै आइरहेको तथा सदियौ वर्षदेखि निर्माण गर्दै आईरहका छन् ।