सोलुखुम्बु । सोलुखुम्बुमा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ।
थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति अज्ञात समूहले हत्या गरेको हो । गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो । सोही स्थानका स्थानीयहरुले महिलाको शव अर्धनग्न अवस्थामा फेला पारेको बताएका छन् । उहाँका अनुसार अज्ञात समूहको खोजी कार्य भइरहेको छ ।
Post Views:
196