सामान्य ज्ञान सँगालो – टेक सुवेदी

- 2023 February 12 मा प्रकाशित

  1. नेपालको क्षेत्रफल कति छ ? -147,516 वर्ग किमि (56,956 वर्गमाइल)
  2. नेपालले विश्वको र एसियाको कति प्रतिशत भूभाग जमीन ओगटेको छ ? – 0.03% विश्व, 0.3% एशिया र 3% दक्षिण एशिया
  3. पाथीभरा नामले प्रसिद्ध हिमाल कुन हो ? – गौरीशंकर
  4. नेपालमा उत्तर दिशातिर बग्ने नदीलाई कुन नामले चिनिन्छ ? – कर्मनाशा
  5. नेपालको पहिलो सहिद को हुन् ? – लखन थापा
  6. नेपालको कुन गाविसहरू महाकाली नदीपारि भारतको सीमाभित्र छन् ? – चाँदनी र दोधारा
  7. सगरमाथाको चुचुरोको क्षेत्रफल कति छ ? – 7 व .कि. मि.
  8. सगरमाथालाई सगरमाथा भन्नुभन्दा पहिले के नामले चिनिन्थ्यो ?- पन्ध्रौ चुली
  9. सार्कको कान्छो छोरो भनेर कुन देशलाई चिनिन्छ ?- अफगानिस्तान
  10. तल्लो जातको केटा र उपल्लो जातको केटीको बीचमा भएको विवाहलाई के भनिन्छ ? – पञ्चम
  11. फिस्टे महाराज भनेर कसलाई चिनिन्छ ? -चन्द्रशमशेर
  12. “Man is born free but everywhere he is in chain ” यो कसको प्रसिद्ध भनाइ हो ? – रूसो
  13. आफ्नो नाम पनि बिर्सने वैज्ञानिक को हुन् ? – थोमस एल्वा एडिशन
  14. नेपालको सबैभन्दा पुरानो मूर्ति कुन हो ? -विरूपाक्षको मूर्ति
  15. चेस खेलको आविष्कार कसले गरेका थिए ? -मन्दोदरी
  16. विश्वमा हात मिलाउने प्रचलनको सुरू़वात कहाँबाट भएको थियो ? – ग्रीस
  17. टाइ बान्ने चलन कुन देशबाट सुरू भएको हो ? -फ्रान्स
  18. “Here is nothing either good or bad but thinking makes it so” यो कसको भनाइ हो ? – विलियम शेक्सपियर
  19. थर्मोमिटरको आविष्कार कसले गरेका हुन् ? -ग्यालिलियो ग्यालेली
  20. इतिहासका पिता भनेर कसलाई चिनिन्छ ? – हेरोडोटस
  21. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन् ? -32
  22. नेपालमा सति प्रथाको अन्त्य कहिले भएको थियो ? -वि. स. 1977
  23. “हाँसेर ज्ञान मर्दछ रोएर विज्ञान” यो कसको भनाइ हो ?- बालकृष्ण सम
  24. नेपालको पहिलो चलचित्र कुन हो ? – सत्यहरिशचन्द्र
  25. नेपाली साहित्यका आधुनिक कवि भनेर कसलाई चिनिन्छ ?- गोपालप्रसाद रिमाल
  26. नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको टाउको कहाँ राखिएको छ ? – लन्डनको म्युजियममा
  27. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ? -इसावेला पेरो
  28. “जबसम्म मेरो शालिक माथिको चरो उडेर जाँदैन तबसम्म मलाई जीवित नै सम्झिनु” यो कसको भनाइ हो ?- योगनरेन्द्र मल्ल
  29. Father of Antiseptic surgery भनेर कसलाई चिनिन्छ ?- डा. जोसेफ लिस्टर
  30. नेपाली इतिहासमा ‘ इतिहासको ठेली’ भनेर कसलाई चिनिन्छ ?- बाबुराम आचार्य
  31. अँध्यारो महादेश भनेर कुन महादेशलई चिनिन्छ ?- अफ्रिका
  32. नेपालको दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ ?- जयपृथ्वी बहादुर सिंह
  33. विश्वमा मन्दिरहरूको सहर भनेर कुन सहरलाई चिनिन्छ?- काठमाडौं
  34. “अपराधीको लागि जेल बनाउनु भन्दा स्कूल बनाउनु बेस” यो कसको भनाइ हो ?- एलिजा कुक
  35. च्छो रोल्पा हिमताल समुद्री सतह भन्दा कति उचाइमा अवस्थित छ ?- 4580 मिटर
  36. नेपालको राष्ट्रीय जनगणना 2068 अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर कति छ ? – 1.35%
  37. विश्वमा चकलेटको सुरूवात कुन देशबाट भयो ? -स्विटजरल्यान्ड
  38. Mossad कुन देशको जासूसी संस्था हो ? – इजरायल
  39. LASER को विस्तारित रूप के हो ? – Light Amplification by Stimulated Emission of Radiation
  40. ROBERT को पूरा रूप के हो ?- Rocket Borne Emergency Radio Transmitter
  41. मानव शरीरको सबभन्दा ठूलो ग्रन्थि कुन हो ? – कलेजो
  42. विश्वको प्रसिद्ध साहित्यिक कृति ‘आमा’ का लेखक को हुन् ?- म्याक्सिम गोर्की
  43. नेपाली चलचित्र जगतका महानायक राजेश हमालको पहिलो चलचित्र कुन हो ?- युगदेखि युगसम्म
  44. विश्वको दोस्रो अग्लो हिमाल k2 को उचाइ कति छ ? – 8611 मिटर
  45. कम्प्यूटरलाई नेपाली भाषामा के भनिन्छ ?- सुसाङ्ख्य
  46. APPLE को पूरा रूप के हो ?- Ariane Passenger Pay Load Experiment
  47. विश्वमा सबैभन्दा धेरै मकै उत्पादन गर्ने देश कुन हो ?- अमेरिका
  48. MASER को विस्तारित रूप के हो ?- Microwave Amplification by Stimulated Emission of Radiation
  49. हामीले FM रेडियो सुन्छौ। अब भन्नुहोस् FM को पूरा रूप के हो ?- Frequency Modulation
  50. लामखुट्टेको कति वटा दाँत हुन्छन् ?- 47 वटा
  51. विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?- अरूण उपत्यका (संखुवासभा)
  52. पखेटा भएर पनि उड्न नसक्ने पक्षी कुन हो ?- किवी, इमु र अस्ट्रिच
  53. विश्वमा सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो ?-अस्ट्रेलिया
  54. अंग्रेजीमा एउटा यस्तो वाक्य बनाऊ जसमा A to Z सम्मको सबै अक्षर होस्। – A lazy brown fox quickly jumps over the dog.
  55. विश्वमा ‘सुन्दरीहरुको देश’ भनेर कुन देशलाई चिनिन्छ ?- भेनेजुएला
  56. हिरामा कुन तत्व हुन्छ ? -कार्बन
  57. नेपालमा ब़नेको पहिलो चलचित्र कुन हो ? -आमा
  58. “मलाई कुकुर खाने सिनो नसम्झ, म बाघको बच्चा डमरू हूँ ” यो कसको प्रसिद्ध भनाइ हो ? – अमरसिंह थापा
  59. झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बाग्लुङ जिल्लाको क्षेत्रफल कति छ ?- 1784 km2
  60. सेतो बाघ कृतिका रचयिता को हुन् ?- डायमंड शमशेर जबरा
  61. पानी मुनिको देश भनेर कुन देशलाई चिनिन्छ ?- नेदरल्याण्ड (यसलाई पुड्को देश पनि भनिन्छ। )
  62. मौरीको नाचलाई अंग्रेजीमा के भनिन्छ ? – Waggle Dance
  63. प्रकाशले 1 सेकेण्डमा कति दूरी पार गर्दछ ? – 3 लाख कि. मि.
  64. कुन तत्वको कमीले गर्दा कपाल फुल्ने र झर्ने रोग लाग्छ? – पेन्टोथेनिक एसिड
  65. मनका तीन शक्ति भन्नाले केलाई बुझिन्छ ?- इच्छाशक्ति, क्रियाशक्ति र ज्ञानशक्ति
  66. ‘नेपाल’ शब्दको प्रयोग सर्वप्रथम कुन ग्रन्थमा गरिएको छ ? – अथर्ववेद
  67. सगरमाथालाई चिनियाँ भाषा के भनिन्छ ? -झोमोलोङ्मा
  68. Gateway of Mount Everest भनेर कुन ठाउँलाई चिनिन्छ ? – नाम्चे बजार
  69. धिमाल जातिका महिलाले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?- बोना
  70. विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश कुन हो ?- ब्राजील
  71. सबैभन्दा कम उमेरमा नेपालका प्रधानमन्त्री बन्ने व्यक्ति को हुन् ?- जंग बहादुर राणा (28 वर्ष )
  72. नेपालको पहिलो समाचारपत्र कुन हो ?-सुधासागर
  73. हिमाली क्षेत्रमा पाइने प्रसिद्ध वनस्पति यार्सागुम्बाको वैज्ञानिक नाम के हो ?- Cordyceps Sinensis (In English – Caterpillar)
  74. नेपालको कुन ठाउँ तेलको लागि प्रसिद्ध छ ? -खोकना
  75. Das Capital पुस्तकका लेखक को हुन् ?- कार्ल मार्क्स
  76. अमर सहिदहरूको सहर भनेर कुन सहरलाई चिनिन्छ ? -इटालीको रोम
  77. नासो कथा संग्रहका लेखक को हुन् ?- गुरूपप्रसाद मैनाली
  78. जर्मनीको राष्ट्रीय चिन्ह के हो ?- मकैको बिरुवा
    78.गितारमा कति वटा तार हुन्छन ?- 6
  79. चीनको जासूसी संस्थाको नाम के हो ?- गुयानबु
  80. एक तोलामा कति ग्राम हुन्छ ?- 11.664 ग्राम
  81. मानिसको मेरूदण्डमा कति वटा हड्डी हुन्छन ? – 30
  82. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ ?- 22 April
  83. ओलम्पिक खेलको झण्डामा कति वटा रिङ छन? -5
  84. YAHOO को पूरा रूप के हो ?- Yet Hierarchical Officious Oracle
  85. क्रिकेटको सुरूवात कहाँबाट भएको हो ? – बेलायत
  86. डोल्पा जिल्लामा मगरहरूले बोल्ने भाषालाई के भनिन्छ ? – काइके
  87. विश्वमा सबैभन्दा पुरानो झण्डा कुन देशको हो? – डेनमार्क
  88. सुगौली सन्धि हुँदा नेपालका राजा को थिए ?- गीर्वाणयुद्ध शाह
  89. करूवा र अंखोराको लागि नेपालको कुन ठाउँ प्रसिद्ध छ ? – पाल्पा
  90. मानव शरीरको कुन अङ्गबाट भिटामिनको निर्माण हुन्छ ?- कलेजो
  91. चियापत्तीका आविष्कारक को हुन् ?- थोमस सुलीम्यान
  92. नेपालको कुन कुन जिल्लाहरूलाई चियाक्षेत्र घोषित गरिएको छ ? – पाँचथर, इलाम,झापा , धनकुटा र तेह्रथुम
  93. GPRS को पूरा रूप के हो ? General Pocket Radio Service
  94. SMS को पूरा रूप के हो ? -Short Message System
  95. Land of Iron भनेर कुन देशलाई चिनिन्छ ?-बङ्लादेश
  96. विश्वमा सबैभन्दा धेरै ट्राफिक लाइट भएको सहर कुन हो ?- जेनेभा सहर
  97. दुई महादेशमा रहेको देश कुन हो ?- टर्की
  98. नेपाली खेल जगतमा संगिना वैद्य कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?- तेक़्वान्डो
  99. Father of Political Philosophy भनेर कसलाई चिनिन्छ ?- निकोलो म्याचिवेली
  100. नेपालमा साँढे जुधाइ कसको सम्झनामा सुरू गरिएको हो ? -जय पृथ्वीबहादुर सिंह
  101. नेपाल सर्वप्रथम कुन अन्तराष्ट्रिय संस्थाको सदस्य भयो ? – इकाफे
  102. मान्छे मर्दा पछि छर्दै लैजाने पैसालाई के भनिन्छ ?-टिला
  103. थाइल्याण्डको पुरानो नाम के हो ?- श्याम
  104. मोबाइल फोनका आविष्कारक को हुन् ? – मार्टिन कुपर
  105. Big Bang Theory का प्रतिपादक को हुन् ?- स्टेफिन हकिङ
  106. दारी पाल्ने चलनको सुरूवात कुन देशबाट भएको हो ? -इजिप्ट
  107. प्रजातन्त्रको जननी भनेर कुन देशलाई चिनिन्छ ?-ग्रीस
  108. हाइड्रोजन ग्यास कसले पत्ता लगाएका थिए ? -हेनरी केभिन्डस
  109. Lets Visit to Nepal कृति कसको हो ?-आङसाङ सुकी
  110. भगवान बुद्धको घोडाको नाम के थियो ?-कन्थक
  111. जीसस क्राइस्ट कुन भाषा बोल्थे ?- आरामाइक
  112. LPG मा कुन ग्यास हुन्छ ? -ब्यूटेन
  113. आफ्नो देशको झण्डामा AK-47 राइफलको चित्र अंकित गर्ने देश कुन हो ?- मोजाम्बिक
  114. दक्षिण कोरियाको प्रसिद्ध ब्रान्ड SAMSUNG को अर्थ के हो ? -Three Star
  115. विश्वको सबैभन्दा ठूलो महाकाव्य कुन हो ?- महाभारत
  116. नेपालमा मात्र पाइने फल कुन हो ?-लप्सी
  117. अपराधीलाई छिनालेर दण्ड दिने यन्त्रलाई के भनिन्छ ?- गिलोटिन
  118. कुन अमेरिकी राष्ट्रपतिले एकैचोटि दाहिने हातले अंग्रेजी र देब्रे हातले फ्रेन्च भाषा लेख्ने गर्थे ?- जेम्स ए. गारफिल्ड
  119. ‘चिना हराएको मान्छे ‘ कृतिका लेखक को हुन् ?- हरिवंश आचार्य
  120. सर्पको शरीरमा कति वटा हड्डीहरू हुन्छन ? – 300
  121. विश्वको सबैभन्दा पुरानो खेल कुन हो ? -पोलो
  122. सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति सेकेण्ड लाग्छ ?- 500 सेकेण्ड
  123. कार्वनडाइअक्साइडको ठोस रुपलाई के भनिन्छ ?- Dry Ice
  124. पृथ्वीदेखि चन्द्रमा सम्मको दूरी कति छ ? – 3 लाख 84 हजार 4 सय कि. मि.
  125. परमाणुमा के के सम्मिलित हुन्छन ?- इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन
  126. सबैभन्दा गह्रौ तरल पदार्थ कुन हो ?- पारो
  127. वर्षाको पानीमा कुन भिटामिन पाइन्छ ?- भिटामिन B12
  128. Black Widow भनेको के हो ?- विषालु माकुरा
  129. मर्ने बेलामा गीत गाउने चरा कुन हो ?-राजवंश
  130. कुन जातिमा छोरा जन्मिए भाले काट्ने र छोरी जन्मिए पोथी काट्ने चलन छ ? – दूरा जाति
  131. सूर्यका कति वटा ग्रह र उपग्रह छन् ?- 8 ग्रह र 57 उपग्रह
  132. सबैभन्दा कम परमाणु संख्या भएको तत्व कुन हो ?- हाइड्रोजन (1)
  133. आफ्नो बासना आफै थाहा नपाउने जनावर कुन हो ?- कस्तूरी
  134. आफ्नो आहार कम भएमा समुद्रमा हाम फालेर आत्महत्या गर्ने जीव कुन हो ?- लेमिङ
  135. कहिल्यै पनि आँसु नझार्ने जीव कुन हो ?- चिम्पांज़ी
  136. मान्छे जस्तो हाँस्ने प्राणी कुन हो ?- हाइना
  137. झ्याउँकिरीको बच्चालाई के भनिन्छ ? – अप्सरा
  138. हात्तीको बासस्थानलाई हात्तीसार भनिन्छ भने परेवाको बासस्थानलाई के भनिन्छ ?- गन्ज
  139. कागलाई चलाख भनेझैं गधालाई के भनिन्छ ?- मूर्ख
  140. हात्तीको ढोई भए जस्तै झाँकको के हुन्छ ?- मुडुली
  141. अन्टार्कटिका माथि ओजोन तहमा परेको प्वाललाई के भनिन्छ ?- Holy Way
  142. कुन तत्वले गर्दा रगत रातो हुन्छ ?- हेमोग्लोबिन
  143. नेपालमा कुसुण्डा जातिलाई कुशका सन्तान मानिन्छ भने लवका सन्तान कुन जातिलाई मानिन्छ ?- चेपाङ
  144. माहुरीको कति वटा आँखा हुन्छन ?- 5
  145. 25 वर्षमा रजत जयन्ती मनाइन्छ भने 60 वर्षमा कुन जयन्ती मनाइन्छ ?- हिरक जयन्ती
  146. विश्वमा सर्वप्रथम मट्टितेल पत्ता लगाउने देश कुन हो ?- क्यानडा
  147. भक्तपुरको 55 झ्याले दरबार कसले निर्माण गर्न लगाएका हुन् ?- भूपतिन्द्र मल्ल
  148. जोड्दा र गुणन गर्दा बराबर हुने दुई अंकहरू कुन कुन हुन् ? 0 र 2
  149. नेपाली साहित्यकार भैरव अर्यालको वास्तविक नाम के हो ?- तीर्थनाथ अर्याल
  150. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?- शिलु
  151. नोबेल पुरस्कार कुन कुन विधामा दिइन्छ ?- भौतिकशास्त्र, रसायनशास्त्र, औषधीशास्त्र,अर्थशास्त्र,साहित्य र शान्ति
  152. आकाशमा हवाईजहाज़हरूको बीचमा हुने लडाईँलाई के भनिन्छ ?- Dog Fight
  153. नेपाली साहित्यमा चट्याङ मास्टर उपनामले कसलाई चिनिन्छ ?-कृष्णमुरारी गौतम
  154. प्रसिद्ध फुटबलर पेलेले अभिनय गरेको चलचित्र कुन हो ?- Escape to Victory
  155. नेपालको कुन जातिमा केटाकेटी विवाहपूर्व एकै ठाउँमा बस्ने र बच्चा जन्मेपछि विवाह गर्ने चलन छ ? – दरै जाति
  156. कमिला गोलोमा बस्छ भने धमिरा केमा बस्छ ?- देवल
  157. बिरालोको दिसालाई के भनिन्छ ?- काट्टो
  158. Father of English Poetry भनेर कसलाई चिनिन्छ ?- जेफ्री चाउसर
  159. शेर्पा भाषाको पहिलो टेलिचलचित्र कुन हो ?- खाङ्ग्री
  160. दलाई लामाको जीवनमा आधारित चलचित्र कुन हो ?- कुन्दन
  161. Father of Psychology भनेर कसलाई चिनिन्छ ?- सिग्मन्ड फ्रायड
  162. जी़वनभरि पानी नपिई बाँच्न सक्ने प्राणी कुन हो ?- छेपारो
  163. विश्वमा सबैभन्दा ठूलो लालीगुराँस कहाँ फुल्छ ?- इलाम जिल्लामा
  164. विश्वका अग्ला 14 वटा हिमालहरूमध्ये नेपालमा कति वटा छन् ?- 8
  165. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेल कुन हो ?- होटेल एभरेष्ट भ्यु
  166. नेपालमा मात्र पाइने च्याउ कुन हो ?- ट्रयाफिना नेपालेन्सिस
  167. विश्वमा ट्वाइलेटमा जन्मिएका प्रधानमन्त्री को हुन् ?- विष्टन चर्चिल
  168. गोपाल वंशका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ?- यक्ष गुप्त
  169. Father of Modern Chemistry भनेर कसलाई चिनिन्छ ?- रोबट बोइल
  170. Father of English Novel भनेर कसलाई चिनिन्छ ?- समुल रिचाडसन
  171. फिफाकी पहिलो महासचिव महिला को हुन् ?- फातिमा समोरा
  172. नेपालमा पहिलो राष्ट्रीय जनगणना कति सालमा गरिएको थियो ?- वि. स. 1968
  173. च्याखुराको लागि प्रसिद्ध ठाउँ कुन हो ?- गोरखाको पिपलबोट
  174. नवयुग श्रेष्ठ कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?- फुटबल
  175. Father of Geometry भनेर कसलाई चिनिन्छ ?- यूक्लिड
  176. मानिसको मृत्यु भएपछि अन्तिम समयसम्म काम गर्ने अंग कुन हो ?- कान
  177. पाकिस्तानबाट बंगलादेश कहिले विभाजन भयो ?- सन् 1971 डिसेम्वर 16
  178. नेपालमा खुकुरीको लागि प्रसिद्ध ठाउँ कुन हो ? भोजपुर
  179. विश्वको सबैभन्दा लामो नदी कुन हो ?- नाइल
  180. सुनको परमाणु संख्या कति हो ?- 80
  181. चन्द्रमालाई छुने पहिलो चन्द्रयान कुन हो ? ➦ लुना -2
  182. सामान्यतया ताराहरूमा कुन ग्यास हुन्छ ? – हाइड्रोजन
  183. भगवान कृष्णलाई छल गरी दूध खुवाएर मार्न खोज्ने राक्षसनी को थिई ? – पुतना
  184. सिखहरुका आराध्य देवता को हुन् ?- गुरूनानक
  185. बौद्ध धर्मको धर्मग्रन्थलाई के भनिन्छ ?- त्रिपिटक
  186. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?- पोम्वा
  187. सुन्दरतादेखि लाग्ने डरलाई के भनिन्छ ?- Callophobia
  188. मृत जीवजन्तुलाई जीवित जस्तै बनाउने कलालाई के भनिन्छ ?- Texmodomy
  189. पृथ्वीको कुन भागमा हरियो सूर्यास्त हुन्छ ?- अन्टार्कटिका
  190. मौरीले कुन रङ छुट्याउन सक्छ ?- पहेंलो
  191. सर्प खाने भ्यागुतोको नाम के हो ?- लेप्टा डोक्टिन पेन्टा
  192. सुरेल जातिको पुरोहितलाई के भनिन्छ ?- नाक्सो
  193. डाक्टरदेखि लाग्ने डरलाई के भनिन्छ ?- Latrophobia
  194. रेफ्रिजेरेटरका आविष्कारक को हुन् ?- जेम्स ह्यासरिन
  195. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग गरिन्छ ?- अधोरक्त किरण (Infrared Ray )
  196. दूधबाट दही बन्न कुन किटाणुले भूमिका खेल्छ ?- ल्याक्टोबेसिलस
  197. चिमभित्र कुन ग्यास हुन्छ ?- आर्गन
  198. ओजोन तहमा फैलिएको ग्यासको स्वाद कस्तो हुन्छ ?- हल्का पिरो
  199. हालसम्म स्वाद पत्ता नलागेको विष कुन हो ?- पोटासियम साइनाइट
  200. पानीमा घुल्ने भिटामिन कुन हो ?- B र C
  201. Father of Physics भनेर कसलाई चिनिन्छ ?- सर आइज्याक न्यूटन
  202. विश्वमा सर्वप्रथम मतपेटिकाको प्रयोग गर्ने देश कुन हो ?- अष्ट्रेलिया
  203. विश्वमा सर्वप्रथम बजेट पेश गर्ने प्रधानमन्त्री को हुन् ?- रवर्ट वालपोल
  204. विश्व भ्रमण गर्ने प्रथम व्यक्ति को थिए ?- म्याग्लन
  205. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?- पृथ्वी
  206. रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?- मंगल
  207. रिङ भएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?- शनि
  208. Morning and Evening Star भनेर कुन ग्रहलाई चिनिन्छ ?- शुक्र
  209. सबैभन्दा ठूलो ग्रह कुन हो ?- वृहस्पति
  210. सूर्यको सबभन्दा टाढाको दूरीमा रहेको ग्रह कुन हो ?- बरूण
  211. पृथ्वीबाट सर्वप्रथम अनुसंधान गरिएको ग्रह कुन हो ?- शुक्र
  212. सबैभन्दा तातो ग्रह कुन हो ?- बुध
  213. हवाइपत्रको प्रचलन कुन देशबाट सुरू भएको हो ?- इरान
  214. GOOGLE को पूरा रूप के हो ?- Global Organization of Group Language of Earth
  215. भारतको पुरानो नाम के हो ?- आर्यवर्त
  216. रातो पाण्डा नेपालको कुन राष्ट्रीय निकुन्जमा पाइन्छ ?- लामटाङ राष्ट्रीय निकुन्ज
  217. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए ?- टंकप्रसालद आचार्य
  218. नेपालमा वेद पढ्ने पहिलो महिला को हुन् ?- यशोधरा
  219. सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो महिला को हुन् ?- बेनजिर भुट्टो, पाकिस्तान
  220. विश्वको सबैभन्दा ठूलो कृत्रिम ताल कुन हो ?- भोल्गा ताल (घाना)
  221. कुन देशलाई राजा चुन्ने देश भनिन्छ ?- मलेशिया
  222. सर्वप्रथम सबै गाविसहरूमा मोटरबाटो पुगेको जिल्ला कुन हो ?- अर्घाखाँची
  223. मेची नदीलाई भारतमा के भनिन्छ ?- महानन्द
  224. पाथीभरा मन्दिर कुन जिल्लामा पर्छ ?- ताप्लेजुङ
  225. कर्णाली नदीको लम्बाइ कति छ ?- 507 कि. मि.
  226. ‘मकैको खेती’ नामक पुस्तकका लेखक को हुन् ?- कृष्णलाल अधिकारी
  227. ल्होसार कुन जातिको चाड हो ?- शेर्पा
  228. शिवको धनुलाई के भनिन्छ ?- पिनाक
  229. हिन्दु र बौध्द धर्मका साझा देवता कसलाई मानिन्छ ?- मुक्तिनाथ
  230. प्रजा जातिलाई के भनिन्छ ?- चेपाङ
  231. हनुमानको आमा को हुन् ?- अन्जनी
  232. चीनको राष्ट्रीय चिन्ह के हो ?- नर्गिसको फूल
  233. वीणामा कति वटा तार हुन्छन ?- 7 वटा
  234. 1 रोपनीमा कति आना हुन्छ ?- 16 आना
  235. महाभारतको पहिलो पर्वलाई आदि भनिन्छ भने अन्तिम पर्वलाई के भनिन्छ ?- स्वर्गारोहण
  236. सेतो परेवा के को प्रतीक हो ?- शान्ति
  237. विश्व शिक्षक दिवस कहिले मनाइन्छ ?- 5 अक्टूबर
  238. रातो क्रस के को प्रतीक हो ?- डाक्टरी सहायता
  239. मौरीको विपरीत लिङ्गी शब्द के हो ?- डाँढ
  240. सबैभन्दा धेरै आँखा भएको जीव कुन हो ?- पुतली
  241. उफ्रन नसक्ने जीव कुन हो ?- हात्ती
  242. कुन प्राणीको रगत सेतो हुन्छ ?- साङ्लो
  243. उपियाँ आफ्नो शरीरको तुलनामा कति गुना धेरै उफ्रिन सक्छ ?- 100
  244. कुन माछा दुई वर्षसम्म भालेको रूपमा रही पछि यौन परिवर्तन गरी पोथी बन्छ ?- कमन गि़ल्थिन
  245. कुन प्राणीको पेटमा दाँत हुन्छ ?- गँगटो
  246. सबैभन्दा धेरै बाँच्ने पंक्षी कुन हो ?- सुगा
  247. उभिएर फुल पार्ने पंक्षी कुन हो ?- पेङगुइन
  248. विश्वमा सबैभन्दा ठूलो मांशहारी जीव कुन हो ?- उत्तरी ध्रुवीय भालु
  249. कुन माछाले जन्मने बित्तिकै सिकार गर्न थाल्छ ?- टाइगर सार्क
  250. मौरीले एक औंस मह बटुल्नको लागि कति दूरीको यात्रा गर्छ ?- करिब 130 कि. मि.
  251. नेपालमा कति प्रकारका बाँदर पाइन्छन् ?- 3
  252. काँडे भ्याकुरको वैज्ञानिक नाम के हो ?- Turdoides Nipalensis
  253. कुन जीवको खुट्टामा जिब्रो हुन्छ ?- पुतली
  254. ‘मसान’ कुन साहित्यकारको कृति हो ?- गोपालप्रसाद रिमाल
  255. चलचित्र क्याराभानका प्रमुख पात्रको नाम के हो ?- थिन्ले
  256. चलचित्र क्षेत्रमा कहिलेदेखि ओस्कर अवार्ड दिन थालियो ?- सन् 1930
  257. मानिसको तौल अनुसार फिल्मको टिकटको पैसा तिर्नुपर्ने देश कुन हो ?- ब्राजील
  258. गुरूङ जातिको पहिलो चलचित्र कुन हो ?- नहाम्सो हनोरी
  259. राई भाषाको पहिलो टेलिचलचित्र कुन हो ?- स्याब्रुङ
  260. प्रसिद्ध गायक उदितनारायण झाले अभिनय गरेको एउटा मात्र नेपाली चलचित्र कुन हो ?- पिरती
  261. नेपालमा टेलिविजनको स्थापना कहिले भयो ?- वि. स. 2041
  262. बङगालको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?- दामोदर नदी
  263. दरबारहरूको सहर भनेर कुन सहरलाई चिनिन्छ ?- कोलकोता
  264. गगनचुम्बी सहर भनेर कुन सहरलाई चिनिन्छ ?- न्युयोर्क
  265. चिनीको भाँडो भनेर कुन देशलाई चिनिन्छ ?- क्युबा
  266. चीन कसले पत्ता लगाएका थिए ?- मार्कोपोलो
  267. भारत कसले पत्ता लगाएका थिए ?- भास्को डिगामा
  268. ब्राजील कसले पत्ता लगाएका थिए ?- पेड्रो अल्भारेज क्याब्रल
  269. Atomic Theory प्रतिपादक को हुन् ?- जोन डाल्टन
  270. श्री १ ले छोरा र श्रीमतीलाई सम्बोधन गरिन्छ भने श्री ४ ले कसलाई सम्बोधन गरिन्छ ?- शत्रु
  271. विश्वको महान कृति महाभारतका लेखक को हुन् ?- वेदव्यास
  272. ज्योतिशास्त्रको अनुसार 12 वटा राशि छन् भने कति वटा नक्षत्र छन् ?- 27 नक्षत्र
  273. 18 पुराणका रचयिता को हुन् ?- पराशर ऋषि
  274. नेपालमा तामाको मुद्रा प्रचनमा ल्याउने राजा को हुन् ?- रत्न मल्ल
  275. इन्द्रजात्रा कसले सुरू गरेका थिए ?- गुणकामदेव
  276. नेपालमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?- सिद्धिनरसिंह मल्ल
  277. गाईजात्राको सुरूवात कसले गरेका थिए ?- जगतप्रकाश मल्ल
  278. नेपालमा माना पाथीको नापतौल प्रचलमा ल्याउने राजा को हुन् ?- राम शाह
  279. नेपालमा सुनको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?- रण बहादुर शाह
  280. बिस्केट जात्राको सुरूवात कसले गरेका हुन् ?- जगतज्योति मल्ल
  281. विश्वमा सर्वप्रथम बनेको बोल्ने फिल्म कुन हो ?- जर्ज सिंगर
  282. विश्वमा सबैभन्दा पुरानो राष्ट्रीय गीत कुन देशको हो ?- जापान (किमियागो)
  283. विश्वको पहिलो दैनिक समाचारपत्र कुन हो ?- द मोनिङ पोस्ट
  284. विश्वको पहिलो गद्य कवि को हुन् ?- वाल्ट हिटम्यान
  285. विश्वको पहिलो नाटक लेखिका को हुन् ?- लेडी एलिजावेथ क्रोउ
  286. पञ्च वृक्ष भित्र कुन वृक्ष पर्छन् ?- मन्दार, पारिजात, सन्तान, कल्पवृक्ष र हरिचन्दन
  287. मोहनदास कर्मचन्द गान्धीलाई महात्माको उपाधि कसले दिएको हो ?- रविन्द्रनाथ टैगोर
  288. दक्षिण अफ़्रीकामा गान्धीको आश्रमको नाम के थियो ?- टाल्सटोय फार्म
  289. Quantum Theory का प्रतिपादक को हुन् ?- म्याक्स प्लाङ्क
  290. मानव रगतलाई कति समूहमा विभाजन गरिएको छ? – 4/ A, B, AB, O
  291. स्त्रीरोग विशेषज्ञलाई Gynaecologist भनिन्छ भने आँखा रोग विशेषज्ञलाई के भनिन्छ ?- Ophthalmologist
  292. कुन ग्रुपको रगतलाई Universal Donor भनिन्छ ?- O
  293. मृत्युदेखि लाग्ने डरलाई के भनिन्छ ?- Thanatophobia
  294. सन् 2018 को विश्व वातावरण दिवसको नारा के थियो ?- Beat Plastic Pollution
  295. Atomic Bomb का आविष्कारक को हुन् ?- Otto Hahn
  296. बालरोग विशेषज्ञलाई अंग्रेज़ीमा के भनिन्छ ? Paediatrician
  297. Pneumonia ले फोक्सोलाई असर गर्छ भने Rabies ले कुन अंगलाई असर गर्छ ?- दिमाग (Brain)
  298. Bird Flu कुन भाइरसको कारणले लाग्छ ?- H5N1 Virus
  299. ककुरदेखि लाग्ने डरलाई के भनिन्छ ?- Cynophobia
  300. दाह्रीदेखि लाग्ने डरलाई के भनिन्छ ?- Pogonophobia
  301. रविन्द्रनाथ टैगोरले कुन कृतिको लागि र कहिले नोबेल पुरस्कार पाए ?- गीताञ्जली, सन् 1913
  302. Gulliver’s Travel कृतिका लेखक को हुन्? ?- Jonathan Swift
  303. Confession र The Social Contract कृतिका लेखक को हुन् ?- रुसो
  304. पेले कुन फुटबल क्लवबाट फुटबल खेल्ने गर्थे ?- सान्तोस फुटबल क्लव
  305. देशको हुलाक टिकटमा देशको नाम अंकित नगर्ने देश कुन हो ?- बेलायत
  306. My Life and The Beautiful Game कृतिका लेखक को हुन् ?- पेले
  307. मरूभूमी नभएको एक मात्र मुस्लिम देश कुन हो ?- लेबनान
  308. देश र नदीको नाम एउटै भएको देश कुन हो ?- कङ्गो र जायर
  309. पुरुषभन्दा बढी महिला राजनीतिमा सक्रिय भएको देश कुन हो ?- स्वीडेन
  310. रुस र अमेरिकाको कुन राज्यको नाम एउटै छ ?- जर्जिया
  311. पुरूषभन्दा महिला बढी साक्षर भएको देश कुन हो ?- हंगेरी
  312. Black Pearl भनेर कसलाई चिनिन्छ ?- पेले
  313. देश, राजधानी र मुद्राको नाम एउटै भएको देश कुन हो ?- जायर
  314. विश्वमा सबैभन्दा धेरै रेडियो स्टेशन भएको देश कुन हो ?- अमेरिका
  315. सिक्कामा छाप लगाउने देश कुन हो ?- लीबिया
  316. आफ्नो सिक्का नभएको देश कुन हो ?- पाराग्वे
  317. मान्छेभन्दा घोडाको जनसंख्या धेरै भएको देश कुन हो ?- मङ्गोलिया
  318. टेलिफोन गर्दा पैसा नलाग्ने देश कुन हो ?- कुवेत
  319. चीनको प्रथम राष्ट्रपति को हुन् ?- डा. सनयात्सेन
  320. केन्द्रीय बैंक नभएको देश कुन हो ?- पानमा
  321. विश्वमा पहिलो पटक क्लोनिंग प्रविधिबाट जन्माइएको जीव कुन हो ?- डोली नामक भेंडा
  322. विश्वको पहिलो महिला एयर होस्टेज को हुन् ?- एलेन चर्च
  323. देशको झण्डामा आफ्नो देशको नक्सा अंकित गर्ने देश कुन हो ?- साइप्रस
  324. घाँसको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?-Agrostology
  325. Trachea रोगले आँखालाई असर गर्छ भने Typhoid ले कुन अंगलाई असर गर्छ ?- आन्द्रा (Intestines)
  326. Polio ले स्नायु प्रणालीलाई असर गर्छ भने Jaundice ले कुन अंगलाई असर गर्छ ?- कलेजो (Liver)
  327. जनावरदेखि लाग्ने डरलाई के भनिन्छ ?- Zoophobia
  328. Battery का आविष्कारक को हुन् ?- Alessandro Volta
  329. रक्तचाप मापन गर्ने उपकरणलाई के भनिन्छ ?- Sphygmomanometer
  330. हाँसको बच्चालाई Duckling भनिन्छ भने Kangaroo को बच्चालाई के भनिन्छ ?- Joey
  331. Scurvy ले छाला र रगतलाई असर गर्छ भने Diabetes ले कुन अंगलाई असर गर्छ ?- प्यानक्रियाज (Pancreas)
  332. जैन धर्मको धर्मग्रन्थलाई के भनिन्छ ?- बचनामृत
  333. सत्ययुगका राजा भनेर कसलाई चिनिन्छ ?- ययाति
    (त्रेतायुग – रामचंद्र, द्वापरयुग – युधिष्ठिर र कलियुग – भोजराज)
  334. नालापानीको युद्ध पश्चात कति जना वीर जीवित रहेका थिए ?- 70
  335. BBC ले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम सञ्चालन गर्न थाल्यो ?- सन् 7 जुन 1967
  336. कुन भू-उपग्रहको सहयोगले सर्वप्रथम सञ्चार सफल भएको हो ?- Early Bird
  337. शनि ग्रह कसले पत्ता लगाएका थिए ?- ग्यालिलियो ग्यालेली
  338. सबैभन्दा हलुङ्गो ग्यास कुन हो ?- Hydrogen
  339. Royal Game भनेर कुन खेललाई भनिन्छ ?- Chess
  340. आकाशको सबैभन्दा चम्किलो तारा कुन हो ?- Dog Star (Sirius)
  341. पृथ्वीमा प्रशस्त मात्रामा उपलब्ध धातु कुन हो ?- Aluminium
  342. बलेको आगो खाने चरा कुन हो ?- लौकात
  343. इन्द्र देवताको वाहन के हो ?- ऐरावत हात्ती
  344. यमराजको वाहन के हो ?- रागो
  345. विष्णुको वाहन के हो ?- गरूड
  346. वायुको वाहन के हो ?- मृग
  347. गंगाको वाहन के हो ?-गोही
  348. शनि देवको वाहन के हो ?-गिद्ध
  349. यमुनाको वाहन के हो ?- कछुवा
  350. नारद भन्नाले कुरौटेलाई बुझिन्छ भने युधिष्ठिर भन्नाले कस्तोलाई बुझिन्छ ?- सत्यवादी
  351. असार १५ मा दही र चिउरा खाने चलन छ भने साउन १५ मा के खाने चलन छ ?- खिर
  352. विश्वमा सबैभन्दा धेरै बाघको संख्या भएको देश कुन हो ?- भारत
  353. विश्वमा सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश कुन हो ?- दक्षिण अफ्रीका
  354. विश्वमा सबैभन्दा धेरै विद्युत उत्पादन गर्ने देश कुन हो ?- अमेरिका
  355. सबैभन्दा कडा खनिज पदार्थ के हो ?- हिरा
  356. Windy City भनेर कुन सहरलाई चिनिन्छ ?- सिकागो
  357. विश्वको प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईले कहिले सगरमाथाको सफल आरोहण गरिन् ?- सन् 16 मे 1975
  358. विश्वको पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ?- भ्यालेन्टिना तेरेस्कोभा
  359. युरोप महादेशको पहिलो महिला प्रधानमन्त्री को हुन् ?- मारगरेट थ्याचर
  360. अन्तरिक्षमा हिँड्ने पहिलो महिला अंतरिक्ष यात्री को हुन् ?- स्वेतलाना सावित्सकाय
  361. उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?- रोवर्ट पियरी
  362. दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?- एमण्डसेन
  363. एसियाको सबैभन्दा सानो देश माल्दिभ्सको क्षेत्रफल कति छ ?- 298 Sq. KM
  364. SAVE को पूरा रूप के हो ?- SAARC Audio Visual Exchange
  365. SAFTA को पूरा रूप के हो ?- South Asian Free Trade Area
  366. SAPTA को पूरा रूप के हो ?- South Asian Preferential Trade Agreement
  367. The Bretton Woods Agreement केसँग सम्बन्धित छ ?- विश्व बैंक
  368. पहाड र तिनको नक्शाको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Orology
  369. भगवानको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Theology
  370. विषको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Toxicology
  371. काठको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Xylolog
  372. आगोको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Pyrology
  373. बादलको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Nephology
  374. सौर्यमण्डल र यसको ग्रहको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Planetology
  375. चट्टानहरुको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Lithology
  376. सूर्यको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?-Heliology
  377. पृथ्वीको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Geology
  378. कुकुरको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Cynology
  379. पहिलो SAF खेल कहिले र कहाँ भएको थियो ?- दशरथ रंगशाला, नेपाल सन् 1984
  380. FIFA को पूरा रूप के हो ?- Federation of International Football Association
  381. समय नाप्ने उपकरणलाई के भनिन्छ ?- Chronometer
  382. दूधको शुद्धता नाप्न कुन उपकरणको प्रयोग गरिन्छ ?- Lactometer
  383. वनस्पतिको वृद्धि नाप्न कुन यन्त्रको प्रयोग गरिन्छ ?- Crescograph
  384. समुद्रको गहिराई नाप्न कुन यन्त्रको प्रयोग गरिन्छ ?- Fathometer
  385. AD को पूरा रूप के हो ?- Anno Domini
  386. AIDS को पूरा रूप के हो ?- Acquired Immune Deficiency Syndrome
  387. BAMS को पूरा रूप के हो ?- Bachelor of Ayurvedic Medicine and Surgery
  388. CARE को पूरा रूप के हो ? -Cooperation of American Relief Everywhere
  389. अन्तरिक्षमा लामो समय बिताएर रेकड बनाउने भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री को हुन् ?- सुनिता विलियम, (195 दिन अन्तरिक्षमा बिताएकी थिइन् ।)
  390. कालभैरवलई हँसाउने राजा को थिए ?- प्रताप मल्ल
  391. सबभन्दा ठूलो फल कुन हो ?- कटहर (Jack fruit)
  392. लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?- डा. फुहरर
  393. मानव मस्तिष्कको विकास कति समयमा रोकिन्छ ?- 15 वर्ष
  394. सूर्यको सबै किरणहरूलाई मिश्रण गर्दा कुन रङ बन्छ ?
    सेतो (White)
  395. हवाईजहाज़ Pilot ले चलाउँछ भने पानीजहाज कसले चलाउँछ ?- Sea Captain
  396. कुन रोमन सम्राटले व्वाँसोको दूध पिएर हुर्केका थिए ?- रोमुलस
  397. अल्छी चरो भनेर कुन पंक्षीलाई चिनिन्छ ?- ढुकुर
  398. मुक्तिनाथ मन्दिर कुन जिल्लामा पर्छ ?- मुस्ताङ
  399. सर्पले जस्तै काँचुली फेर्ने माछा कुन हो ?- डल्फिन
  400. कुन सहरलाई कोकाकोलाको सहर भनिन्छ ?- एटलान्टा
  401. भगवान कृष्णको शंख (Conch) लाई के भनिन्छ ?- पाञ्चजन्य
  402. कुन नदीको उद्गमस्थल मानसरोवर ताल हो ?- हुम्ला कर्णाली
  403. विश्वको सबैभन्दा अग्लो ज्वालामुखी पर्वत कुन हो ?- माउन्ट फुजी, जापान 3776 मिटर (Most photographed mountain in the world. )
  404. हवाईजहाज़मा चालक बस्ने ठाउँलाई के भनिन्छ ?- Cockpit
  405. फ्रिजमा कुन ग्यासको प्रयोग गरिन्छ ?- Ammonia
  406. एक वर्षमा दुई पटक बजेट पेश गर्ने देश कुन हो ?- फ्रान्स
  407. रेडियो नेपालबाट सर्वप्रथम गीत गाउने गायक को हुन् ?- हरिप्रसाद रिमाल
  408. संसद र संविधान नभएको देश कुन हो ?- साउदी अरब
  409. पञ्चतन्त्रका लेखक को हुन् ?- विष्णु शर्मा
  410. वर्षको सबैभन्दा लामो दिन कुन हो ?- 21 जुन
  411. वर्षको सबैभन्दा सानो दिन कुन हो ?- 22 डिसेम्वर
  412. भगवान इन्द्रको राजधानी कहाँ थियो ?- अमरावती (इन्द्रपुरी)
  413. कुन जातिमा ससुरा मरेमा बुहारी विधवा हुने चलन छ ?- सतार
  414. सबभन्दा धेरै दाँत हुने प्राणी कुन हो ?- कुकुर, 42
  415. रामायणलाई सर्वप्रथम अवधि भाषामा कसले उल्था गरेका थिए ?- तुलसी दास
  416. काठमाडौंको लाल दरबार कसले निर्माण गर्न लगाएका हुन् ?- वीर शमशेर
  417. काष्ठमण्डपको निर्माण गर्न कुन काठको प्रयोग गरिएको थियो ?- सतीसाल
  418. नेपालकी जीवित देवी भनेर कसलाई चिनिन्छ ?- कुमारी
  419. दूधको चिल्लो पदार्थ (Fat) मा मात्र पाइने अम्ल (Acid) कुन हो ?- Butyric
  420. भगवान शिवको नाचेको रूपलाई के भनिन्छ ?- नटराज
  421. मारुनी नाच कुन जातिको प्रसिद्ध नाच हो ?- मगर र गुरूङ
  422. शान्ति बगैंचा कहाँ छ ?- अर्घाखाँचीको सन्धीखर्क
  423. टेलिफोनलाई नेपाली भाषामा के भनिन्छ ?- कर्ण फुसफुसेथ
  424. रोदी संस्कृति कुन जातिसँग सम्बन्धित छ? – मगर
  425. Banded Apolo भनेको के हो ?- विश्वमा दुर्लभ तर नेपालमा पाइने पुतली
  426. भृकुटीलाई चीनमा के भनिन्छ ?- हरित तारा (Green Star)
  427. हिन्दूहरूले बुद्ध मञ्जुश्रीलाई कुन रूपमा पुज्छन् ?- सरस्वती
  428. कुन ग्यासलाई हँसाउने ग्यास भनिन्छ ?- Nitrous Oxide (N2O)
  429. कुन जनावर उभिएर पनि निदाउन सक्छ ?- घोडा
  430. नास्पतिभित्रको बीजलाई के भनिन्छ ?- भिनाजु
  431. लप्सीको बीजलाई के भनिन्छ ?- च्याम्पटी
  432. Female ROBERT लाई अंग्रेजीमा के भनिन्छ ?- Robetrics
  433. संगीत सुन्न मन पराउने माछा कुन हो ?- डल्फिन
  434. दुई जुम्ल्याहा बच्चाहरूमा के कुरा फरक हुन्छ ?- Fingerprint (औंठा छाप )
  435. शिशु जन्मने बित्तिकै एक वर्ष मान्ने देश कुन हो ?- जापान
  436. कुन ग्रीक महाकाव्यमा Trojan War को कथा वर्णन गरिएको छ ?- इलियड
  437. रोमन संख्या प्रणालीमा नभएको अंक कुन हो ?- 0 (Zero)
  438. हिन्दू धर्मग्रन्थका अनुसार पहिले मर्ने व्यक्ति को कुन हुन् ?- यम
  439. कुन तत्वको नाम पेरियोडिक टेबलको रचनाकारको नामबाट राखिएको छ ?- Mendelevium (101)
  440. काठमाडौं नाम भएको गाउँ कुन जिल्लामा पर्छ ?- बर्दिया
  441. पेन्सिलमा लेखिएको HB अर्थ के हो ?- Hard Black
  442. दलाई लामाको वास्तविक नाम के हो ?- तेन्जिङ ग्यात्सो
  443. दाँतको सबभन्दा बाहिरी तहलाई के भनिन्छ ?- Enamel
  444. हामीले खाने नुनको रासायनिक नाम के हो ?- NaCl
  445. मानिसको वैज्ञानिक नाम के हो ?- Homo Sapiens
  446. सामान्य Room Temperature मा पनि तरल पदार्थमा परिवर्तन हुने धातु कुन हो ?- पारो (Mercury)
  447. क्रिष्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनको लागि कुन जहाजमा यात्रा गरेका थिए ?- The Pinta, The Nina and The Santa Maria
    गोबर ग्यासमा कुन ग्यास हुन्छ ?- Methane (CH4)
  448. मानव पेटमा कुन एसिडको उत्पादन हुन्छ ?- Hydrochloric Acid (HCl)
  449. राणा शासनकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?- 35
  450. पशुपतिनाथ मन्दिरका पहिलो पुजारी को हुन् ?-स्वामी शेखरानन्द
  451. विश्वमा सबैभन्दा धेरै ऊन उत्पादन गर्ने देश कुन हो ?- अष्ट्रेलिया
  452. रेडक्रसको रातो रङले के जनाउँछ ?- तटस्थता (Neutral)
  453. नाच हेर्दाहेर्दै मर्ने राजा को थिए ?- प्रताप मल्ल
  454. रात र दिन बराबर हुने समय कुन हो ?- 21 मार्च र 23 सेप्टेम्बर
  455. आजीवन कालो कपडा लगाउने व्यक्ति को थिए ?- मुसोलिनी
  456. कहिल्यै आँखा नचिम्लने जीव कुन हो ?- माछा
  457. जावाखेलको सदर चिडियाखाना कहिले स्थापना भयो ?- सन् 1991
  458. विधवाले लगाउने चुरालाई के भनिन्छ ?- रैया
  459. कुन कम्पनीले सर्वप्रथम Compact Disk (CD) को उत्पादन गर्यो ?- Philips
  460. सीताको पौराणिक नाम के हो ?- वैदेही
  461. चितवनमा प्रत्येक वर्ष खेलिने अन्तर्राष्ट्रीय खेल कुन हो ?- हात्तीपोलो
  462. नालापानीको युद्धमा अंग्रेजतर्फका मारिने कमान्डर को थिए ?- जनरल जिलेस्पी
  463. ‘History of Nepal’ कृतिका लेखक को हुन् ? Daniel Wright
  464. स्वम्भूका दुई आँखा के का प्रतीक हुन् ?- करूणा र ज्ञान
  465. दोस्रो जनआन्दोलन २०६३ कति दिनसम्म चलेको थियो ?- 19 दिन
  466. समाचारपत्रको मुख्य शीर्षकलाई के भनिन्छ ?- Banner
  467. भूकम्पमा परी मर्ने राजा को थिए ?- अभय मल्ल
  468. कृष्णले आफ्नो अत्याचारी मामा कंशको वध गरेपछि मथुराका राजा को भएका थिए ?- उग्रसेन
  469. आयुर्वेदका जन्मदाता भनेर कसलाई चिनिन्छ ?- धनवन्तरी
  470. कुन वैज्ञानिकको नामबाट रेक्टर स्केल एकाइ नामाकरण गरिएको हो ?- चार्ल्स रेक्टर
  471. भूकम्प नाप्ने उपकरण कुन हो ?- Seismograph
  472. मानव मुटुको औसत तौल कति हुन्छ ?- 300 gm
  473. आकाशगंगामा कति वटा तारामण्डलहरू छन् ?- 88
  474. नेपालमा कमैया प्रथाको अन्त्य कहिले भयो ?- वि. स. 2058 फागुन 22
  475. गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रसारण हुन थाल्यो ?- वि. स. 2017 फागुन 7
  476. राष्ट्रीय समाचार समितिको पुरानो नाम के हो ?- सगरमाथा संवाद समिति
  477. बंगालको खाडी नेपालभन्दा कति टाढा छ ?- 1127 KM(700 Miles)
  478. गोरखापत्रको पहिलो संपादक को थिए ?- जयपृथ्वी बहादुर सिंह
  479. अलेक्जेन्डर महानका गुरू को थिए ?- एरिस्टोटल
  480. White Petroleum भनेको के हो ?- Electric Energy
  481. नेपालको इतिहासमा ‘Terror of the time’ कसलाई चिनिन्छ ?- राम शमशेर
  482. ‘Wizard of Menlo Park’ भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?- Thomas Alva Edison
  483. Judaism को धार्मिक ग्रन्थ कुन हो ?- The Old Testament
  484. ‘The Light of the World’ भनेर कसलाई चिनिन्छ ?- Jesus Christ
  485. जीसस क्राइस्टलाई क्रसमा झुन्डाएर मृत्युदण्ड दिएको कति दिनपछि उनी पुनः जीवित भएका थिए ?- 3 दिन (उनी पुनः जीवित भएको दिनलाई Ester Sunday को रूपमा मनाइन्छ ।)
  486. जीसस क्राइस्टको जन्म कहिले भएको थियो ?- सन् 25 डिसेम्वर 30
  487. ‘Light of Asia’ भनेर कसलाई चिनिन्छ ?- गौतम बुद्ध
  488. गौतम बुद्धले पिपलको रूखमुनि तपस्या गरेर बुद्धत्व प्राप्त गरेको त्यो रूखलाई के नाम दिइएको छ ?- बोधिवृक्ष
  489. गौतम बुद्धले कुन ठाउँमा महापरिनिर्वाण लिएका थिए ?- भारतको कुसीनगर
  490. विश्वको सबैभन्दा पुरानो धर्म कुन हो ?- हिन्दू
  491. शिख धर्मको धर्मग्रन्थलाई के भनिन्छ ?- गुरुग्रंथ साहिब
  492. चार वेदमा सबभन्दा पहिले रचना गरिएको वेद कुन हो ?- ऋग्वेद
  493. नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ?- बालाजु औद्योगिक क्षेत्र, वि. स. 2016 मा स्थापना
  494. नेपाली राजनीतिका चाणक्य भनेर कसलाई चिनिन्छ ?- सूर्यप्रसाद उपाध्याय
  495. नेपालको इतिहासमा बौलाहा युवराज भनेर कसलाई चिनिन्छ ?- सुरेन्द्र विर विक्रम
  496. नेपालको राजनीतिमा धोकेवाज नेता भनेर कसलाई चिनिन्छ ?- डा. तुलसी गिरी
  497. “मानिसलाई सुधार्ने मुख्य औषधि प्रेम हो” यो कसको भनाइ हो ?- महात्मा गांधी
  498. नेताजी कसलाई भनिन्छ ?- सुवासचन्द्र वोस
  499. नेपालको इतिहासमा धुर्त प्रधानमन्त्री कसलाई भनिन्छ छ ?- चन्द्र शमशेर
  500. प्रजातान्त्रिक राणा प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?- देव शमशेर (यिनलाई धनकुटे राजा पनि भनिन्छ।)
  501. न्याय गर्ने राजा भनेर कसलाई चिनिन्छ ?- राम शाह
  502. राष्ट्रपिता कसलाई भनिन्छ ?- श्री ५ त्रिभुवन
  503. नेपालको इतिहासमा जिउँदो सहिद कसलाई मानिन्छ ?- टंकप्रसाद आचार्य
  504. बौलाहा राजा कसलाई भनिन्छ ?- लक्ष्मीनरसिंह मल्ल
  505. आधुनिक वाल्मीकि भनेर कसलाई चिनिन्छ ?- डा. रमेशचन्द्र अधिकारी
  506. कोतपर्वकी आमा भनेर कसलाई चिनिन्छ ?- राज्यलक्ष्मी
  507. पञ्चायतको मलामी कसलाई भनिन्छ ?- मरिचमान सिंह
  508. नेपालको राष्ट्रनिर्माता कसलाई भनिन्छ ?- श्री ५ पृथ्वीनारायण शाह
  509. एक पार्टी, एक नेता, एक कार्यकर्ता भनेर कसलाई चिनिन्छ ?- डिल्लीरमण रेग्मी
  510. अवसरवादी नेता भनेर कसलाई चिनिन्छ ?- विश्वबन्धु थापा
  511. संकटको पञ्च कसलाई भनिन्छ ?- सूर्य बहादुर थापा
  512. राजनीतिज्ञ राजा कसलाई भनिन्छ ?- राजा महेन्द्र
  513. जननेता (सान्दाजु) भनेर कसलाई चिनिन्छ ?- विश्वेश्वरप्रसाद कोइराला
  514. जनताका कम्युनिष्ट भनेर कसलाई चिनिन्छ ?- पुष्पलाल श्रेष्ठ
  515. नेपालको पहिलो वैज्ञानिक को हुन् ?- गेहेन्द्र शमशेर राणा (जबरा)
  516. स्वामी अभयनन्द भनेर कसलाई चिनिन्छ ?- रणवीरसिंह थापा
  517. स्वामी महाराज वा स्वामी निर्वाणनन्द भनेर कसलाई चिनिन्छ ?- रण बहादुर शाह
  518. सन्त राजनीतिज्ञ कसलाई भनिन्छ ?- कृष्णप्रसाद भट्टराई
  519. नेपाली राजनीतिका शकुनी भनेर कसलाई चिनिन्छ ?- ऋषिकेश शाह
  520. जीवित राजा कसलाई भनिन्छ ?- योगनरेन्द्र मल्ल
  521. सर्वोच्च नेता भनेर कसलाई चिनिन्छ ?- गणेशमान सिंह
  522. कला बहादुर भनेर कसलाई चिनिन्छ ?- माथवरसिंह थापा
  523. अभागी राजा कसलाई भनिन्छ ?- जयप्रकाश मल्ल
  524. अयोग्य राजा कसलाई भनिन्छ ?- राजेन्द्र विक्रम शाह
  525. नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो ?- डोल्पा (7889 Sq. KM)
  526. नेपालको सबैभन्दा ठूलो राष्ट्रीय निकुन्ज कुन हो ? – शे -फोक्सुण्डो राष्ट्रीय निकुञ्ज (3555 Sq. KM)
  527. नेपालको एक मात्र शिकार आरक्ष कुन हो ?- ढोरपाटन शिकार आरक्ष (1325 Sq. KM/ 512 Sq. Mi, बाग्लुङ, म्यादी र रूकुम जिल्लामा फैलिएको छ र स्थापना सन् 1987 वा वि. स. 2044)
  528. नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?- रारा ताल/ महेन्द्र ताल, मुगु
  529. नेपालको सबैभन्दा पुरानो राष्ट्रीय निकुन्ज कुन हो ?- चितवन राष्ट्रीय निकुन्ज स्थापना वि. स. 1973
  530. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?- ह्यातुङ/ ह्यात्रुङ झरना, 365 मिटर, तेह्रथुम
  531. नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?- भक्तपुर (119 Sq. KM)
  532. नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?- कोशी
  533. नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?- नारायणी / गण्डकी
  534. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?- खुम्बु (32 KM)
  535. नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ?- लाङटाङ (रसुवा )
  536. नेपालको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?- मुस्ताङको ल्हो मन्थाङ
  537. नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो ?- कास्कीको लुम्ले
  538. नेपालको सबैभन्दा ठूलो जलाशय कुन हो ?- इन्द्रसरोवर, मकवानपुर
  539. नेपालको सबैभन्दा ठूलो प्रशासनिक भवन कुन हो ?- सिंहदरबार
  540. नेपालको सबैभन्दा ठूलो पुस्तकालय कुन हो ?- त्रि. वि. को केन्द्रीय पुस्तकालय
  541. नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुन हो ?- काष्ठमण्डप
  542. नेपालको सबैभन्दा ठूलो इटाले बनेको मन्दिर कुन हो ?- महाबौद्ध
  543. नेपालको सबैभन्दा ठूलो मूर्ति कुन हो ?- बूढानिलकण्ठ
  544. नेपालको सबैभन्दा ठूलो रङ्गशाला कुन हो ?- दशरथ रंगशाला
  545. नेपालको सबैभन्दा ठूलो राजदूतावास कुन हो ?- रसियन राजदूतावास
  546. नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो ?- बुद्धिनाथ स्तूप
  547. नेपालको सबैभन्दा अग्लो दरबार कुन हो ?- बसन्तपुरको नौतले दरबार
  548. नेपालको सबैभन्दा अग्लो टावर कुन हो ?- सुनधाराको भीमसेन स्तम्भ
  549. नेपालको सबैभन्दा अग्लो मूर्ति कुन हो ?- हनुमानढोकाको कालभैरवको मूर्ति
  550. INTERPOL को पूरा रूप के हो ?- International Police Organization
  551. ZPG को पूरा रूप के हो ?- Zero Population Growth
  552. नेपालको नदीनालाहरूबाट 83 हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भनी जानकारी दिने व्यक्ति को हुन् ?- हरिमान श्रेष्ठ
  553. नेपालमा ज्वालामुखीको चिन्ह कहाँ पाइन्छ ?- दैलेखको दुल्लु
  554. नेपालको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?- नेपालगञ्ज
  555. काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाल कुन हो ?- जुगल हिमाल
  556. नेपालको सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला कुन हो ?- सोलुखुम्बु, 4 वटा फाप्लु, कागले, लुक्ला र स्याङबोचे
  557. सगरमाथालाई Third Pole भनी नामाकरण गर्ने व्यक्ति को हुन् ?- माइकल कर्ग
  558. नेपालको कुल भूभागको कति प्रतिशत भूभाग पानीले ओगटेको छ ?- 0.7%
  559. महेन्द्रराज मार्गले नछोएको एउटा मात्र तराईको जिल्ला कुन हो ?- पर्सा
  560. चीन र भारत दुवैलाई छुने नेपालका जिल्लाहरू कुन हुन् ?- ताप्लेजुङ र दार्चुला
  561. उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारत पहाडसम्म फैलिएको जिल्ला कुन हो ?- धादिङ
  562. 52 पोखरी 53 तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?- रुकुम
  563. नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी कुन जिल्लामा पर्छ ?- प्युठान
  564. चाँदनी टापु नेपालको कुन जिल्लामा पर्छ ?- कञ्चनपुर
  565. नेपालको कुन जिल्लामा मरुभूमिको जस्तो हावापानी पाइन्छ ? – मुस्ताङ
  566. सुर्खेतको पुरानो नाम के हो ?- दोभानचौर
  567. नेपालको कान्छो जिल्ला भनेर कुन जिल्लालाई भनिन्छ ?- कालीकोट
  568. नेपालको कुन ठाउँ सूर्योदयको लागि प्रसिद्ध छ ?- इलामको अन्तुडाँडा
  569. नेपालको कुन जिल्लामा श्रीलंका टापु पर्छ ?- सुनसरी
  570. दक्षिण काली मन्दिर कुन जिल्लामा पर्छ ?- काठमाडौं
  571. पोखराको डेविड फल्सलाई स्थानीय भाषामा के भनिन्छ ?- पातले छाँगो
  572. रामधुनी तीर्थस्थल कुन जिल्लामा पर्छ ?- सुनसरी
  573. रामसार सन्धिले नेपालका कति स्थानलाई सिमसार क्षेत्र घोषित गरेको छ ?- 9
  574. नेपालमा कालोटोपीको लागि कुन ठाउँ प्रसिद्ध छ ?- भादगाउँ
  575. नेपालमा खुवाको लागि कुन ठाउँ प्रसिद्ध छ ?- ठेचो
  576. नेपालमा स्याउको लागि प्रसिद्ध ठाउँ कुन हो ?- हेलम्बु र जोमसोम
  577. चार्ली च्याप्लिनको अन्तिम चलचित्र कुन हो ?- City Life
  578. पहिलो नेपाली फिल्म सत्यहरिशचन्द्रको प्रर्दशन कहिले भयो ?- वि. स. 2008
  579. नेपालमा ब़नेको पहिलो गैर नेपाली भाषाको चलचित्र कुन हो ?- शिलु
  580. नेपालमै बनेको दोस्रो चलचित्र कुन हो ?- राजमति, वि. स. 2052
  581. कुमारी चलचित्र कुन साहित्यकारको कथालाई आधार मानेर बनाइएको हो ?- विजय मल्ल
  582. पहिलो नेपाली रजत जयन्ती मनाउने चलचित्र कुन हो ?- कुसुमे रूमाल (निर्देशक तुल्सी घिमिरे)
  583. इन्टरनेटमा खारिएको पहिलो नेपाली चलचित्र कुन हो ?- बादलपारि
  584. नेपालको पहिलो चलचित्र अभिनेत्री को हुन् ?- भुवनचन्द
  585. नेपालमा संस्कृत भाषामा बनेको पहिलो चलचित्र कुन हो ?- गुरु दक्षिणा
  586. नेपाल टेलिविजनले कहिलेदेखि आफ्नो दैनिक प्रसारण सुरु गर्यो ?- वि. स. 2042 पौष 14
  587. प्रसिद्ध चलचित्र बसन्ती कुन साहित्यकारको कृतिबाट बनेको हो ?- डामण्ड शमशेर
  588. भू. पे. अमेरिकी राष्ट्रपति विल क्लिन्टनले अभिनय गरेको टेलिचलचित्र कुन हो ?- A Child Wish
  589. कुन भारतीय अभिनेतालाई जुवली स्टार भनिन्छ ?- राजेन्द्र कुमार
  590. नेपालमा सर्वप्रथम कहाँ चलचित्र प्रदर्शनी भएको थियो ?- सिंहदरबार ,वि. स. 1990 भदौ 18
  591. नेपाली भाषामा निर्मित पहिलो टेलिचलचित्र कुन हो ?- यस्तै हुन्छ
  592. निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र कुन हो ?- माइतीघर
  593. वासुदेव चलचित्र कुन साहित्यकारको कृतिबाट बनेको हो ?- डा. ध्रूवचन्द्र गौतम (कट्टेल सरको चोटपटक)
  594. पहिलो नेपाली महिला चलचित्र निर्देशक को हुन् ?- सुचिता श्रेष्ठ
  595. हालसम्म सबैभन्दा कम उमेरमा ओस्कर अवार्ड पाउने कलाकार को हुन् ?- शरले टेम्पल ( यी बाल कलाकारले 5 वर्षको उमरमा ओस्कर अवार्ड पाएकी थिइन्। )
  596. सिनेमाको आविष्कारक को हुन् ?- थोमस एल्वा एडिशन
  597. कार्टन चलचित्र मिकी माउसका निर्देशक को हुन्? – वाल्ट डिज़्नी
  598. भारतीय गायक कुमार सानुको वास्तविक नाम के हो ?- केदार भट्टाचार्य
  599. तोरी (Mustard) को वैज्ञानिक नाम के हो ?- Brassica Compestries
  600. मकै (Maize) को वैज्ञानिक नाम के हो ?- Zea Mays
  601. कुन देशको हावापानीलाई संसारको चिडियाघर भनिन्छ ?- सुडान
  602. सबभन्दा लामो अक्षांश रेखा (Longitude) कुन हो ?- भूमध्यरेखा (Equator)
  603. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित (Landlocked) देश कुन हो ?- कजाकस्तान ( 2724900 Sq. KM )
  604. “इमान्दार मानिस ईश्वरको सर्वोत्कृष्ठ कृति हो” यो कसको भनाइ हो ?- वेदव्यास
  605. मिथिला क्षेत्रमा होली पर्वको अवसरमा गाइने भजनलाई के भनिन्छ ?- जोगिरा
  606. रङ्गभेद विरूद्धका विश्वनेता तथा अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सल मण्डेलाको निधन कहिले भयो ?- सन् 5 डिसेम्वर 2013
  607. विश्वको पहिलो बोल्ने रोबटलाई के नाम दिइएको छ ?- Kiboro
  608. अमेरिकाबाट नेपालमा ल्याइएको चन्द्रमाको चट्टानको टुक्रालाई के नाम दिइएको छ ?- मेयर बसाल्ट (मेयर बसाल्टलाई सुनसरी जिल्लाको सीतागञ्ज शान्ति वनस्थित एभरेष्ट विज्ञान केन्द्रमा राखिएको छ । यसलाई 4 अर्ब 75 करोड वर्ष पुरानो मानिएको छ।)
  609. नेपालमा सर्वप्रथम कहिले विज्ञान दिवस मनाइयो ?- वि. स. 2070 असोज 1 (‘विज्ञान र प्रविधि ः देशको समृद्धि’ यसको नारा थियो ।)
  610. ‘दमिनी भिर’ कृतिका लेखक को हुन् ?- राजन मुकारुङ (यो कृतिले वि. स. 2069 को मदन पुरस्कार पाएको थियो।)
  611. नेपालको प्रसिद्ध गायक फत्तेमान राजभन्डारीको निधन कहिले भयो ?- वि. स. 2070 भदौ 24
  612. सगरमाथाको एकै सिजमा दुई पटक सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पहिलो महिला आरोही को हुन् ?- छुरिम शेर्पा, नेपाल, सन् 12 र 19 मे 2012
  613. विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै शिखरहरुको सफल आरोहण गर्ने तथा सगरमाथाको २१ और पटकसम्म सफल आरोहण गर्ने व्यक्ति को हुन्? – फुर्वा टासी शेर्पा मेन्डेवा
  614. नेपालको पहिलो फोटोग्राफर भनेर कसलाई चिनिन्छ ?- डम्बर शमशेर राणा
  615. सन् 2013 मा अन्तर्राष्ट्रीय बालशान्ति पुरस्कार पाउने 16 वर्षे बालिका मलाला युसफजाई कुन देशकी नागरिक हुन् ?- पाकिस्तान
  616. ‘लेखककी स्वास्नी’ नामक उपन्यासको लेखिका को हुन् ?- प्रगति राई
  617. झमक घिमिरेको आत्मकथामा आधारित कृति ‘जीवन काँडा कि फूल’ लाई अंग्रेजीमा के नामाकरण गरी डा. गोविन्दप्रसाद भट्टराईले अनुवाद गरेका छन् ?- A Flower in the midest of Thorns
  618. अन्तरिक्षमा जाने पहिलो चिनियाँ महिला को हुन् ?- लिङ याङ
  619. हात्तीको विष्टलाई के भनिन्छ ?- थासो
  620. रातो प्रकाश के को प्रतीक हो ?- खतरा र यातायात अवरोध
  621. कमलको फूल के को प्रतीक हो ?- सभ्यता र संस्कृति
  622. ढुकुर के को प्रतीक हो ?- प्रेम
  623. BND कुन देशको जासूसी संस्था हो ?- जर्मनी
  624. DGI कुन देशको जासूसी संस्था हो ?- क्युवा
  625. परेवा गञ्जमा बस्छ भने मुसा केमा बस्छ ?- दुलो
  626. माछा कुरमा बस्छ भने माकुरो केमा बस्छ ?- जालो
  627. स्तनधारी पंक्षी कुन हो ?- चमेरो
  628. भालेको पोथी, कुकुरको कुकुरनी, गधाको गधानी भए जस्तै इन्द्रको के हुन्छ ?- इन्द्रायणी
  629. तीन लोक भन्नाले कुन लोक हो ?- स्वर्ग, मर्त्य र पाताल
  630. त्रिफलाभित्र कुन फलहरू पर्छन् ?- हर्र, बर्रो र अमला
  631. धानको पराल भए जस्तै मासको के हुन्छ ?- कुनाउरो
  632. मर्ने बेलामा खुवाउने सुनपानीलाई के भनिन्छ ?- हिरन
  633. मान्छे मर्दा बाटोमा छर्दै लाने अन्नलाई के भनिन्छ ? – सतबिउ
  634. छोरटी भनेको के हो ?- तरुनी केटी
  635. बहादुरको विपरीतार्थक शब्द के हो ?- पानीमरुवा
  636. चाँदीको सहर भनेर प्रसिद्धी कमाएको सहर कुन हो ?- अल्जियर्स (अल्जेरिया)
  637. नेपालको पहिलो इन्टरनेटबाट प्रकाशित पत्रिका कुन हो ?- जन्मभूमि साप्ताहिक
  638. एसियाको सबैभन्दा लामो नदी कुन हो ?- ओब
  639. सती प्रथाको अन्त्य कुन प्रधानमन्त्रीको पालामा भएको हो ?- चन्द्र शमशेर (वि. स. 1977)
  640. देउकीबाट जन्मेको छोरालाई के भनिन्छ ?- देउका (धीमी)
  641. झुमा परिवारकी कुन छोरालाई बनाइन्छ ?- माहिली
  642. विश्वको सबैभन्दा ठूलो छेपारो कुन हो ?- कोमोडो ड्रयागन मोनिटर लिजार्ड
  643. गैर मुस्लिमसँग विवाह गर्ने एक मात्र मुस्लिम राजा को हुन् ?- जोर्डनका राजा हुसेन
  644. कुन देशका राजाले एकै पटकमा चार जना रानीसँग विवाह गरेका थिए ?- भुटानका राजा जिग्मे सिङ्गे वाङ चुक
  645. विश्वमा सबैभन्दा कम समय राजा हुने व्यक्ति को हुन् ?- लाई सत्रौं, 18 मिनेट राजा भएका थिए।
  646. तासको प्रचलन कुन देशबाट सुरू भएको हो ?- फ्रान्स
  647. श्रीमदभगवद्गीताको रचना कसले गरेका हुन् ?- महर्षि वेदव्यास
  648. नेपालको पहिलो राष्ट्रीय गान कुन हो ?- श्रीमान गम्भीर नेपाली
  649. ‘हराएको मूर्तिहरूको खोजी’ कृतिका लेखक को हुन् ?- लैनसिंङ वाङ्देल
  650. ‘छापामारको डायरी’ कृतिका लेखक को हुन् ?- तारा राई
  651. बैंक नोटको सुरूवात कुन देशबाट भएको हो ?- चीन
  652. वैज्ञानिक नापतौलको सुरूवात कुन देशबाट भएको हो ?- जर्मनी
  653. नेपालमा सर्वप्रथम कुन हिमाल आरोहण गर्न प्रयास गरिएको थियो ?- अन्नपूर्ण, सन् 1950
  654. सगरमाथा आरोहण गर्ने प्रथम अन्धा व्यक्ति को हुन् ?- इरिक वेल्हेनमेयर ( अमेरिका, सन् 2001)
  655. सगरमाथाको चुचुरोमा सबैभन्दा धेरै समय बिताउने आरोही को हुन् ?- बाबुछिरी शेर्पा, 21 घण्टा 30 मिनेट, सन् 1999 मे 6
  656. तिब्बती भाषामा सगरमाथालाई के भनिन्छ ?- मिथेगुथी चोमोलोङमा
  657. कपासले कुन दिशा संकेत गर्दछ ?- उत्तर दिशा
  658. मौरी पालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Apiculture
  659. श्रवणशक्तिको भिन्नता नाप्ने यन्त्र कुन हो ?- Audiometer
  660. ब्रह्मांडको उत्पत्ति र यसको संचालनको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Cosmology
  661. पृथ्वी बाहेक अन्य ग्रहहरूमा पनि जीवनको अस्तित्वको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?-Ex-biology
  662. जीवाणु सम्बन्धी रोगहरूको उत्पत्ति, विस्तार तथा त्यसको निवारण बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Bacteriology
  663. कृतिम ताप प्रदान गरी अण्डा कोरलेर चल्ला निकाल्ने यन्त्रलाई के भनिन्छ ?- इन्क्युरेटर (Incuretor )
  664. हृदय रोगबाट पीडित व्यक्तिको मुटुको स्पन्दन जाँच गर्ने यन्त्रलाई के भनिन्छ ?- Cardiogram
  665. भूकम्पको आयतन, गति र प्रभाव बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Seismograph
  666. सर्वप्रथम मानव मुटु प्रत्यारोपण गर्ने डाक्टर को हुन् ?- डा. क्रिश्चियन बर्नाड
  667. टाढा घटेका घटनाहरूको अभिलेख राख्ने यन्त्रलाई के भनिन्छ ?- Telemeter
  668. विद्युत सर्किटमा विद्युत शक्ति कति छ भनी नाप्ने यन्त्रलाई के भनिन्छ ?- Wattmeter
  669. शरीरको चिरफार गरी यसको संरचनाको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Anatomy
  670. जीवविज्ञानमा सांख्यिकी तथा गणितीय प्रयोग सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Biology
  671. पृथ्वीमा विद्यमान विभिन्न प्रकारको हावापानीको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Climatology
  672. अति सूक्ष्म जीवाणुको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?- Microbiology
  673. आपेक्षित घनत्वको सिद्धांतका प्रतिपादक को हुन् ?- आर्किमिडिज़
  674. टेलीस्कोपको आविष्कार कसले गरेका हुन् ?- ग्यालिलियो ग्यालेली
  675. शरीरभित्रको कुन अङ्गले शरीरको दूषित हावा बाहिर फाल्ने काम गर्छ ?- फोक्सो (Lung)
  676. कुष्ठरोग कुन जीवाणुको कारणले लाग्छ ?- Mycrobacterium Laprae
  677. कुन हर्मोनले गर्दा लोग्नेमान्छेमा दाह्री आउने र स्वास्नीमाछेमा नआउने गर्छ ? – एन्ड्रोजिन (Endrogin)
  678. मानिसको शरीरभित्रको आयोडीनलाई के भनिन्छ ?- थारोक्सिन ( Thyroxin )
  679. क्षयरोगबाट बच्न कुन खोपको प्रयोग गरिन्छ ?- BCG
  680. कुन जातको लामखुट्टेले टोक्दा हात्तीपाइले रोग लाग्छ ?- क्यूलेक्स ( Culex )
  681. हामीलाई बाडुल्की लाग्दा शरीरको कुन अङ्ग प्रभावित हुन्छ? – पेट र फोक्सोलाई छुट्टाउने पातलो झिल्ली (Diaphragm)
  682. पृथ्वी आफ्नो कक्षमा कति माइल प्रति सेकेण्डको गतिले घुमाई ?- 18.5 M/S
  683. डाँफेको वैज्ञानिक नाम के हो ?- Lophophorus Impejanus
  684. सिंहको वैज्ञानिक नाम के हो ?- Panthera Leo
  685. निद्रादेखि लाग्ने डरलाई के भनिन्छ ?- Hypnophobia
  686. पुरूषदेखि लाग्ने डरलाई के भनिन्छ ?- Anpbhobia
  687. यौन सम्पर्कदेखि लाग्ने डरलाई के भनिन्छ ?- Coitophobia
  688. मौरीको महमा कुन भिटामिन पाइन्छ ?- A र K
  689. Father of Science भनेर कसलाई चिनिन्छ ?- Albert Einstein
  690. कुन ग्रहमा सबभन्दा छोटो दिन हुन्छ ?- वृहस्पति ( Jupiter)
  691. डाइनामोका आविष्कारक को हुन् ?- माइकल फराडे
  692. क्याल्कुलेटरका आविष्कारक को हुन् ?- पास्कल
  693. हावामा नाइट्रोजन र अक्सिजनको मात्रा कति हुन्छ ?-78.10% र 0.20.90%
  694. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?- वृहस्पति (63)
  695. गुरुत्वाकर्षणको मान कति हुन्छ ?- 9.8 M/S Sq.
  696. नेपालले कहिले संयुक्त राष्ट्र संघ (UNO) को सदस्यता प्राप्त गर्यो ?- सन् 14 डिसेम्वर 1955
  697. नेपाली साहित्याकाशमा सूधपा भनेर कसलाई चिनिन्छ ?- सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान
  698. हालको 14 औं दलाई लामा तेन्जिङ ग्यात्सो हुन् भने 13 औं दलाई लामा को हुन् ?- थुक्तेन ग्यात्सो
  699. अम्ल वर्षाको बारेमा पहिलो विश्व सम्मेलन कहिले भयो ?- सन् 1950
  700. नेपालको प्रसिद्ध देवता मछिन्द्रनाथको अर्को नाम के हो ?- आर्यवल्लव
  701. तामाङ जातिको विवाह गराउने लमीलाई के भनिन्छ ?- लाम्बा
  702. चामलको दानामा नेपालको नक्सा बनाउने व्यक्ति को हुन् ?- तेज बहादुर पौडेल
  703. नेपाली नोटमा सगरमाथाको चित्र छाप्ने निर्णय कहिले गरियो ?- वि. स. 2063 माघ 25
  704. सबैभन्दा धेरै दलित बसोबास गरेको जिल्ला कुन हो ?- सप्तरी
  705. नेपाल कुन अक्षांशमा पर्दछ ?- उत्तरी अक्षांश
  706. राष्ट्रीय जनगणना 2068 अनुसार नेपालको कति प्रतिशत जनसंख्या हिमालमा बस्छ ?- 7.3%
  707. नेपालको राष्ट्रीय खेल कुन हो ?- भलिबल