सोलुमा एक महिना देखि चालू शेब्रु प्रशिक्षण कार्यक्रम सम्पन्न

- 2023 January 4 मा प्रकाशित

सोलुखुम्बु :२०७९/०९/२०

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टीङमा सुनाखरी सामुदायिक संस्थाले आफ्नो धर्म संस्कृति जोगाउने मुल उद्देश्य लिएर १ महिना देखी सञ्चालनमा आएको शेब्रु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम संचालन भए पछि स्थानीयहरु हर्षित भएका छन । शेब्रू प्रशिक्षणका लागि काठमाडौ हिमालयन शेर्पा संस्कृति केन्द्र बाट आउनु भएको श्री छोपेल शेर्पाले दिनु भएको सुनाखारी सामुदायिक संस्थाले जनाएको छ । शेर्पाले आफू सदैव आफ्नो धर्म र संस्कृति जगेर्ना गर्न लागि पर्ने बताउनु भएको छ ।