सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजार भिषण आगलागी भएको छ । आज करिब ४ बजेबाट सुरु भएको आगलागीबाट अहिलेसम्म ५ घर जलेर नष्ट भएको अपुष्ट जानकारी आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।
आगलागीवाट बुद्धि बहादुर कार्की, कल्पना बस्नेत, रमेश बस्नेतको घर नष्ट भएको छ भने प्रणय राईको घरमा समेत आगो प्रवेश गरेको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । स्थानीय र प्रहरीको प्रयासमा अहिले आगलागी नियन्त्रणमा लिईएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरिक्षकको कमान्डमा दमकल सहितको टोली नेले पुगेको थियो । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।