सोलुदुधकुण्ड नगरपालिका वडा नं १० मा सडक मर्मत कार्य सुरु बाल्दिङ लुम्सा सडक सम्पन्न

- 2022 July 6 मा प्रकाशित

०७९/ असार २२ सोलुखुम्बु
सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा हालै बर्षातको समयमै पनि बिग्रेको सडक खण्ड बाल्दिङ देखी लुम्सा जाने सडकको बिचमा करिब २५० मिटर सडकमा ग्राभेल भरी सडक मर्मत कार्य सम्पन्न भएको छ।
सो सडक बिगत देखिनै खाल्डा खुल्डी भइ सवारी साधन आवातजावतमा समस्या हुँदै आईरहेको थियो।झनै बर्षात समयमा मानिस समेत हिड्न गाह्रो भएपछी सो सडक तत्काल मर्मत गरिएको हो।
यस्तै बर्षाको समयमा नै भए पनि सबै नागरिकको आवस्यकता सडक रहेकोले तत्काल नै समस्या समाधान गर्नको लागि भए पनि सडक मर्मत गर्नु परेको हो। यस्तै लगातार रुपमानै जन्तरधाप देखि १० नं वडा कार्यालय हुँदै सोल्नासा सम्म ग्राभेल गर्ने र यो भन्दा अगाडि पनि बिग्रेको अन्य सडक खण्ड पनि मर्मत गरि सकेको र ०७९/८० को योजनाका कामहरु असोज देखि संचालन हुने सोलुदुधकुण्ड नगरपालिका वडा नं १० का वडा अध्यक्ष होम बहादुर मगरले जान्कारी दिनुभएको छ।