नगर प्रमुखमा नेपाली काँग्रेस बाट नाम्गेल जाङबु शेर्पा विजयी।

- 2022 May 18 मा प्रकाशित

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित भएकी छिन् । उनले ४ हजार ३८५ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गरिन् ।
नाम्गेल जाङबु शेर्पा फेरि पनि दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् ।
सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । यस नगरपालिकामा जम्मा ११ वटा वडा रहेकोमा नेपाली काँग्रेसले ६ वटा वडा नेकपा एमालेले ४ वडा र माओवादी केन्द्रले १ वडा आफ्नो हातमा पारेको छ। नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ। सोलुदूधकुण्ड नगरपालिका जिल्लाको एक मात्र नगरपालिका हो ।