हिमशिखर केयरने अस्टिनोभ स्कुलको वार्षिक परीक्षा सम्पन्न तथा परीक्षाफल प्रकाशन

- 2022 April 13 मा प्रकाशित

आज २०७८को अन्तिम दिन, करिब डेढ दशक देखि शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको थुलुङ दुधकोशी गाउँ पालिका १ नेले तुम्सेमा अवस्थित यस हिमशिखर केयर्ने अस्टिनोभ स्कुलमा यस वर्षमा भएका शैक्षिक उपलब्धी तथा मूल्याङ्कन लगायत विक्रम संवत् २०७८ को पौष महिना र चैत्र १६ देखि भएको परिक्षाहरुको परीक्षाफल आज प्रकाशन गरिएको छ । समग्र दुवै परीक्षामा सामेल १७२ जना विद्यार्थी हरु मध्ये ११५ जना विद्यार्थीले डिस्टिङसन ग्रेड प्राप्त गरेका छन् जुन जम्मा विद्यार्थीको ६६.८६% हुन्छ, त्यस्तै ३९ जना अथवा २२.६७% प्रथम श्रेणी, १ जना अथवा ०.५८% द्वितीय श्रेणी, ३ जना अथवा १.७४% तृतीय श्रेणी र १४ जना अथवा ८.१३% जना कुनै पनि श्रेणीमा उत्तीर्ण नभएको जानकारी त्यसै विद्यालयका प्रिन्सिपल प्रणय राईले जानकारी दिनुभयो । उक्त कार्यक्रमका केहि झलक हरु यहि तल उपलब्ध छ र नयाँ विद्यार्थी भर्ना गर्न चाहनुहुन्छ भने तल दिएको लिंकमा थिचेर सम्पर्क गर्न सक्नु हुनेछ ।