शरीरमा कोलस्ट्रोल को मात्रा बढी भएको खण्डमा के हुन्छ?

- 2022 March 7 मा प्रकाशित

साधारणतया वयस्क मानिसको मुटु अन्दाजी ३०० ग्राम जति हुन्छ भने शारीरिक व्यायाम गर्ने मानिसको मुटुको तौल अलि बढी ४५० ग्राम जति हुन्छ । मुटु भनेको हाम्रो शरीरको रक्तसञ्चार प्रणालीको केन्द्र हो। यो हाम्रो शरीरको फोक्साहरूको बिचमा अलिकति देब्रेतिर रहेको हुन्छ । यो मुख्यतया मांशपेसीले बनेको हुन्छ जसलाई मायोकार्डियम (Mayocardium) भनिन्छ । यसको बाहिरी भागलाई पातलो इविकार्डियर (Ebicardium) ले र भित्री भाग इन्डोकार्डियम (Endocardiu) ले ढाकेको हुन्छ । मुटुमा जम्मा चारकोश कोठाहरू हुन्छन् । माथिल्लो दुईओटा कोठालाई अट्रियम (Atrium) भनिन्छ र तल्लो दुईबोटा कोठालाई भेन्ट्रिकल (Ventricle) भनिन्छ। दायाँतर्फको दुईओटा कोठामा फोहोर रगत (Dirty blood) र देब्रेताको दुईबोटा कोठामा भने सफा रगत (Clean Blood) हुन्छ ।

शरीरको माथिल्लो आधा भागबाट रगत आउने नशालाई सुपेरियर भेना कोभा (Superior Venecova) भनिन्छ भने तल्लो आधा भागबाट आउने नशालाई इन्फेरियर भेना कोभा (Inferior Vanecova) भनिन्छ। यी नशाहरूबाट फोहोर रगत मुटुको माथिल्लो दायाँ कोठा (Right Atrium) मा आउँछ । जसको माथिल्लो भागमा सानु स्नायुको डल्लो हुन्छ, जसलाई Sin Atrial Node भनिन्छ । त्यहींबाट लगातार करेन्ट (Electric impluse) निस्केपछि माथिल्लो दायाँ कोठामा मांसपेसीहरू खुम्चिन्छन् अनि रगतलाई तल्लो दायाँ कोठामा धकेलेर पठाउँछ । यी दुई कोठाको बिचमा एकतर्फ मात्र रगत पठाउनका लागि भल्व हुन्छ जसलाई Tricuspid Vulve भनिन्छ । माथिबाट आएको Electric impluse तल आएर अर्को स्नायुको डल्लो अट्रिओमेन्ट्रिकुलर नोड लाई उत्तेजित गराउँदछ। जुन तल्लो मुटुको दुईओटा कोठाहरूलाई छुट्याउने पर्दामा हुन्छ । जुन समयमा तल्लो दायाँ कोठामा रगत भरिन्छ, सोही समयमा तल्लो स्नायुको डल्लाले फेरि Electric impluse का कोठामा पठाउँदछ र मांसपेसीहरू खुम्चिन्छन् ।

यसरी रगतलाई फेरि फोक्सामा जाने नली (Pulmonary Artery) मार्फत दुवै फोक्सामा धकेलिदिन्छ । जहाँ फोक्सोको Alveoli मा यो फोहोर रगत पुगेर अक्सिजन लिएर कार्बनडाइ अक्साइड फाल्ने काम हुन्छ । यसरी फ़ोहोर रगत सफा रगतमा परिणत हुन्छ । फोहोर रगतमा कार्बनडाइअक्साइडको मात्रा बढी ने भएकोले यसको र केही गाढा रातो हुन्छ भने सफा रगतमा परिणत भएपछि अक्सिजनको मात्रा बढ्छ र यसको र केही चहकिलो रातो हुन्छ ।

कोलेस्ट्रोल

शरीरमा बढेको कोलेस्टेरोलको त्यति बेला मात्रै आभास हुन्छ, जब यसले कुनै अङ्गमा घातक असर पार्छ । कोलेस्ट्रोललाई उच्च रक्तचाप जस्तै सुषुप्त हत्यारा भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा मुटुरोगलाई प्रमुख मृत्युको कारण हुने घोषणा गरेको छ । चिकित्सकले कोलेस्ट्रॉललाई मुटुरोगका प्रमुख कारणमध्ये प्रमुख मानेका छन् । अबको आठ वर्षपछि प्रतिवर्ष २ करोड़ ५० लाख मानिसको मृत्युको कारण मुटुरोग हुने सङ्गठनले जनाएको छ । मुटुको रगत नशा सांघुरो भएर देखापर्ने रोग क्रोनरि आर्टरी डिजिजबाट प्रत्येक वर्ष ७० लाखभन्दा बढीको ज्यान जान्छ । मुटुको नशा साँघरिने कारण उच्च कोलेस्ट्रोल हो । परिवर्तित जीवनशैली, अत्यधिक चिल्लो सेवन, व्यायाम अभाव , संगै मोटोपन भएकामा कोलेस्ट्रोलको जोखिम बढी हुने गर्छ ।

कोलेस्ट्रोल बढ़ी हुँदा रक्तनली साघुरो र दरो भएर मुटुमा रक्तसञ्चार ढिलो हुन्छ । यसको मात्रा बढ़ी र मुटुका धमनीको भित्री भागमा टासिन्छ । कोलेस्ट्रोल अति उच्च भएको अवस्थामा छाती दुख्छ र स्वास फेर्न गाह्रो हुन्छ । अधिकांश अवस्थामा लक्षण बिना पनि कडा तथा साँघुरो रक्तनलीका कारण रक्तसञ्चार अवरुद्ध भई हृदयघातको जोखिम बढाउने चिकित्सकको धारणा छ । रक्तपरीक्षण (लिपिड प्रोफाइल) वाट मात्र यसको अवस्था जानकारी हुने भएकाले समय समयमा जाँच गरेर यसको अवस्था पत्ता लगाउनुपर्ने आवश्यक छ । कोलेस्ट्रोल शरीरभित्रको चिल्लो पदार्थ हो जुन चिल्लो पदार्थ, प्रोटिन तथा ग्लुकोज मिलेर बनेको हुन्छ । यसले खानासँगै सेवन गर्ने बोसो वा चिल्लोलाई टुक्राउने काम गर्छ । यसले भिटामिन ‘डी’ सँग मिलेर महत्त्वपूर्ण हार्मोन समेत बनाउँछ । शरीरमा कोलेस्ट्रोल आवश्यकभन्दा बढी हुनु हृदयघातको प्रमुख कारण बन्छ। कम हुँदा पनि नैराश्यता उत्पन्न भएर आत्महत्याको कारण बन्न सक्छ ।

चिकित्सकका अनुसार सबै कोलेस्ट्रोल हानिकारक हुँदैनन् । शरीरमा कुल कोलेस्ट्रोल, हाइ डेन्सिट निप्रोपोसन (एचडिएल) र लो डेन्सिटी लिप्रोपोसन (एलडिएल) र बोसोको मात्रा ट्राइग्लाइसाइड हुन्छ । शरीरमा २ सय मिलिग्राम प्रतिशतभन्दा बढी भए कोलेस्ट्रोल हुन्छ । ३ सय ५० मिलिग्रामभन्दा बढी अथवा १ सय ६० मिलिग्रामभन्दा कम कोलेस्ट्रोलको अवस्था खतरनाक मानिन्छ । ५ प्रतिशत कोलस्ट्रोल कलेजो तथा अन्य कोषले बनाउँछन् भने २५ प्रतिशत खानाबाट प्राप्त हुन्छ । खाना व्यवस्थापन र अन्य सावधानीले कोलेस्ट्रोल नियन्त्रण गर्न सकिने डाक्टरको भनाइ छ । ठिक्क कोलेस्ट्रोलले नयाँ कोषिका बनाउन र स्नायुलाई तातो, चिसो वा अन्य -बाहिरी कारणबाट सुरक्षा गर्न र हार्मोन उत्पादन गर्न मद्दत गर्छ । तौल जति बढी भयो शरीरले त्यति नै कोलस्ट्रोल पैदा गर्छ । विज्ञका अनुसार प्रत्येक एक किलोग्राम तौलमा शरीरको कोलेस्ट्रोल झन्डै २ प्वाइन्टले बढ्छ । हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौल घट्छ ।

पोलिस्याचुरेटेड फ्याटी एसिड भएका खाना, माछा, बदाम, ओखर (नरिवल बाहेक) राम्रो मानिन्छ । बिजका अनुसार महिलाको यौन हार्मोन इस्ट्रोजेनले राम्रो कोलस्ट्रोल बढाउने भएकाले पुरुषमा भन्दा महिलामा को मात्रा बढी हुन्छ । महिनावारी बन्द भएपछि भने खराब कोलस्ट्रोल तथा ट्राइग्लेसेराइड बढ्ने सम्भावना बढी हुन्छ । बाबुआमालाई हृदयघात भएका बच्चामा रक्तनली साँधुरो हुने सम्भावना भएकाले सानै उमेरदेखि मोटोपन नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

©साभार