सोलुखुम्बु पुस २
ओखलढुंगा जिल्ला च्यानमका वीर बहादुर कार्की करिब एक बर्ष देखि बिरामी परी थलामा रहेका छन।
उनी बेलुकी खाना खाएर सद्दे सुतेको तर बिहान उठ्दा ओछ्यानमानै एक्कासी उनको हात खुट्टा र बोलीमा समस्या आई बिरामी परेको हो।
उन्लाई तत्काल ओखलढुंगा मिसन हस्पिटलमा उपचारका लागि लगियो र त्यहाँ उपचारमा कठिनाइ भए पछि थप उपचारको लागि काठमाडौ वीर हस्पिटल पुराईयो।
उन्लाई एक बर्ष उपचार गराउदा आफू संग भएको सबै पैसा सकियको र अब थप उपचारको लागि आफुहरु संग पैसा नभए पछि अरु संग हात थाप्नु पर्ने भयो।
उन्को उपचारको लागि अहिले गाउँ गाउँमा सहयोगको लागि अपिल गरिएको तर गाउले बाट पनि सहयोग नपाए पछि पीडित परिवारमाथी पिडा थपिएको छ।
सहयोग गर्ने कोहि छैन आर्थिक अवस्थाले गर्दा बिरामी मृत्यु संग लडिरहेको छन ।त्यसैले आज सामाजिक संजाल मार्फत आर्थिक सहयोग छुट्छ कि भनेर यहाँ सम्म आएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सेवानै धर्म हो तपाईं देश तथा बिदेश जहाँ भए पनि मृत्यु संग लडिरहेका वीर बहादुर कार्कीलाई सहयोग गर्न चाहनु हुन्छ भने
निजका छोरा सुजन कार्कीलाई सिदै 986-7997723 सम्पर्क गर्न सक्नु हुन्छ।