नेपाललाई सतिले सरापेको देश भनेर किन भनिन्छ ?

- 2021 August 26 मा प्रकाशित

नेपाललाई सतिले सरापेको देश भनेर किन भनिन्छ ? यसको प्रामाणिक तथ्य ईतिहासमा छ ।


जब कान्तिपूर राज्यका राजा सिद्दिनरसिंह मल्लको मगज खुस्कियो ( मानसिक सन्तुलन गुम्यो) । तब उनका छोरा प्रताप मल्लले कान्तिपुर नगरीको राजगद्दी सम्हाले ।
राजगद्दी सम्हाले लगतै उनले आफ्नो राज्य बिस्तारको योजना बनाए र आफ्ना ३ काजी मध्य काजी भिम मल्ललाई तिब्बत क्षेत्रको राज्य बिस्तारमा पठाए ।
काजी भिम मल्लले आफ्नो पराक्रमले तिब्बतलाई कान्तिपूर राज्य (नेपाल) को अगाडि झुकाएर नेपालको हितमा सन्धीका लागि बाध्य बनाए । त्यसपछी काजी भिम मल्लको ख्याती यत्रतत्र फैलियो ।
यो कुरा राजाका अन्य २ काजी नरदेव त मायासिंहलाई मन परेन । त्यसपछी उनिहरूले राजा समक्ष काजी भिम मल्लको बारेमा गलत प्रचार गरे । उनिहरूले राजालाई भने “भिम मल्लले तिब्बतमा स्वयमलाई राजा घोषित गर्यो ।”
यसका झुटा साक्षीहरू समेत राजाको अगाडि पेश गरियो । तब राजा अन्धाधुन्ध क्रोधित भए । त्यसपछी तत्कालै भिम मल्ललाई दरबार बोलाए ।
राजाको बोलावट पछि काजी भिम मल्ल निक्कै प्रसन्न हुँदै दरबार पुगे । तर राजा प्रताप मल्लले दरबारको ढोकैमा सैनिक लगाएर काजी भिम मल्ललाई काटिदिए ।
त्यतिखेर सति प्रथा विद्यमान थियो । तसर्थ काजी भिम मल्लको निधन पछि उनकी श्रीमती भूवनलक्ष्मीले काजीको चितामा जिउदै जल्नुपर्ने भयो ।
तब भूवनलक्ष्मीले आफ्नो श्रीमानले देशको हितमा काम गर्दागर्दै पनि राजाले अनाहकमा मारेको भन्दै मर्नेबेलामा चिताबाट भनिन “भला मानिसको यो देशमा कहिल्यै भलो नहोस ।”
उनै सति भूवनलक्ष्मीको सरापका कारण भनिन्छ “नेपाल सतिले सरापेको देश हो ।”