सोलु दुधकुण्ड नगरपालिकाका उप:मेयर कल्पना राईको विशेष उपस्थितिमा हिमालय चिल्ड्रेन खोरियाले स्वास्थ्य सामग्री सहिद राहत वितरण

- 2021 June 9 मा प्रकाशित

हिमालयन चिल्डेन अफ खोरिया फ्रान्सले सोलुखुम्बुको विभिन्न वडामा १८ लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री र राहत वितरण गरेको छ।
टाप्टिङ र गोरा स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेका छन् । संस्थाको नेपाल संयोजक गेलु शेर्पाको पहलमा सोलुदुधकुण्ड नगरपालिका ९ गोरा र १० टाप्टिङको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री २५ गते मंगलबार प्रदान गरेको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरि शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ६ वटा, नेबुलाईजर १ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ । 

यस्तै टाप्टिङ स्वास्थ्य चौकीलाई पनि अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ । साथै सोही कार्यक्रममा उत्त संस्थाले गोराखानीका ३ सय ४० भन्दा बढी घर परिवारलाई राहत स्वारुप खाद्यन्न वितरण गरिएको छ ।
उनीहरुलाई प्रतिपरिवार चामल ३० किलो, तेल १ लिटर, नुन १ किलो, माक्स लगायतका समाग्री प्रदान गरिएको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरि शेर्पाले जानकारी दिनुभयो । कोरोनाका कारण समस्यामा परेका नागरिकहरु राहत प्राप्त भएपछि खुसी भएका छन्।
सोलुदुधकुण्ड नगरपालिका वडा नं १० को स्वास्थ्य संस्थाको सामग्री वडा अध्यक्ष मिङमार छिरी शेर्पाले बुझिलि स्वास्थ्य संस्थामा हस्तान्तरण गर्नु भएको छ।उहाँले यो विषम महामारीको परिस्थितिमा सहयोग गर्नुहुने सहयोगी संस्था र दाता प्रती हार्दिक धन्यवाद दिनु भएको छ।कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईको बिशेष उपस्थिति र वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पा सोलु दु न पा १० को वडा अध्यक्ष मिङमार छिरी शेर्पा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

साथै सोही संस्थाको नेपाल संयोजक गेलु शेर्पाको पहलमा २६ गते बुधबार सोलुदुधकुण्ड वडा नम्बर ६ को खोरीया आधारभुत स्वास्थ्य संस्थामा र धुलिखेल अस्पताल दोर्पुमा पनि अक्सिजन सिलिन्डर २ थान अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ । तेस्तै खोरियामा १०० घर धुरीलाई खाद्यान्न सामग्री राहत साथै सोही कार्यक्रममा उत्त संस्थाले प्रति परिवार चामल ३० किलो, तेल १ लिटर, नुन १ किलो, माक्स लगायतका समाग्री प्रदान गरिएको छ । कोरोनाका कारण समस्यामा परेका नागरिकहरु राहत प्राप्त भएपछि खुसी भएका छन्।
जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुलाई समेत १००० /१००० थान माक्स वितरण गरिएको बताईएको छ। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मयेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईको बिशेष उपस्थिति र वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ र नुतन श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।