टाप्टिङमा आगलागीमा परि होटल जलेर नष्ट सहयोगको अपिल

- 2020 December 15 मा प्रकाशित

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङ बस्ने ङ्वाङ ठिले शेर्पाको होटल हिजो मिति २०७७ साल मंसिर २९ गते दिउँसो करिब ३ बजे तिर आगलागी भएको छ।
शेर्पाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १० को राखोपमा रहेको होटलमा आगलागी भएको हो।
होटल अहिले विश्व माहामारी कोरोना भाईरसको कारण बन्द गरेर शेर्पा टाप्टिङमा कामको सिलसिलामा थिए र उनको स परिवार पनि टाप्टिङमै थिए । होटल बन्द गरेको कम्तीमा १ महिना पछि    हिजो दिउसो आगलागी भएको हो।आगलागी के कारणले भयो भनी प्रहरी द्वारा अनुसन्धान भैरहेको छ।
आगलागीमा लत्ताकपडा खानेकुरा खाद्यान्न सामाग्री भाडाकुडा देखि लिएर  करिब १० लाख बराबरको धनमाल  क्षति भएको पारिवारिक स्रोतले जानकारी दिनुभएको छ।
शेर्पाले भने मेरो खानेकुरा  थापी खाने भाडाकुडा देखि फेरफार गर्ने सबै लत्ताकपडा जलेर नस्ट भएकोमा दुखी हुँदै यो दु:खद घडिमा मनकारी  महानुभावहरुले सहयोग गरेमा आफुलाई धेरै राहत हुने बताएका छन ।
solududhkunda online. com को तर्फबाट पनि देश तथा बिदेशमा रहनु भएको नेपाली दाजुभाइहरुले आ आफ्नो इच्छा अनुसार सहयोग  गरि दिन हुन  हार्दिक  अनुरोध गर्द छौँ ।
सहयोगी ब्याक्तीहरुको नाम र रकम हाम्रो अन्लाईन मार्फत जानकारी गराउने छौ।