टाप्टिङ बाट काठमाडौ जाने आउने  भाडामा  यातायात ब्याबसायीहरुले मनपरि भाडा असुल्दै।

- 2020 November 10 मा प्रकाशित

सोलुखुम्बु ०७७/७/२५
नेपालिहरुको महान चाड दशै तथा तिहार जस्ता महत्त्वपूर्ण चाडवाडमा यातायात ब्याबसायीहरुले मनपरी भाडा असुल गरेको यात्रुहरुले गुनासो गरेका छन। हाल नेपाल सरकारले दशै अगाबै पुरानो भाडा दरमै यात्रुहरु ओसारपसार गर्न निर्देशन दियता पनि यातायात ब्याबसायीहरुले   सरकारको निर्देशनको बेवास्ता गर्दै टाप्टिङ बाट काठमाडौ जाने तथा आउने भाडामा दोब्बर भाडा असुली गरेको यात्रुहरुले गुनासो गरेका छन।
स्मरण रहोस टाप्टिङ वडा कार्यलय देखि काठमाडौ चाबहिल सम्मको पुरानो  भाडादर रु १७०० सम्म मात्र रहेको भएता पनि हाल यातायात ब्याबसायीहरुले  रु ३ हजार सम्म लिने गरेको पाईएको छ।
देशमा कोराना  भाईरस जस्ता महामारी चपेटामा परेका नेपाली जन्ताहरु यातायात ब्याबसायीहरु बाट पनि ठगिएकोमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।