खोटाङमा ट्याक्सी दुर्घटना, तीनको मृत्यु, चार घाइते

- 2020 October 27 मा प्रकाशित

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी इंस्पेक्टर गोविन्द शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना भएको हो । दुर्घटनामा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

चालक उदयपुरको चौदण्डीगढी नगरपालिकाका यमकुमार बिकलाई प्रहरीले पक्राउ गरेको छ ।