सोलुखुम्बुको नुनथलामा भिरबाट लडेर ७ बर्षिय बालकको ज्यान गयो

- 2020 October 18 मा प्रकाशित

सोलुखुम्बु : सोलुखुम्बुको नुनथालमा भिरबाट लडेर सात बर्षिय बालकको ज्यान गएको छ । खेल्ने क्रममा होर्सिगा भिरबाट लडेर  भिरबाट सोलुदुधकुण्ड  नगरपालिका १ नुनथलाका ७ बर्षिय दावा शेर्पाको मुत्यु भएको सोलुखुम्बु प्रहरीले  जनाएको छ ।

 जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार घटना शनिबार दिउँसो करिब साडे १२ बजे भएको हो । उनको शव करिब ७ सय मिटर तल भिरमा भेटिएको प्रहरीले जनाएको छ ।