सल्लेरी बजार अनुगमन, अखाद्य बस्तु जफथ

- 2020 October 16 मा प्रकाशित

लामो समयको अन्तरालमा सल्लेरी बजार अनुगमन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीको बाणिज्य बैंक नजिक देखी आबाडाँडा सम्मको ३१ वटा पसल तथा होटलको अनुगमन गरिएको हो ।

३१ वटा होटल तथा पसलबाट ३६ प्रकारका अखाद्य तथा म्याद नाघेका पाँच बोरा सामाग्री जफथ गरिएको सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले जानकारी दिनुभयो । अनुगमनको क्रममा ठुला पसल भन्दा साना–साना सफलमा सबैभन्दा बढी अखाद्य बस्तु बरामद गरिएको उपमेयर राईले बताउँनुभयो । बजार अनुगमनमा जफथ गरिएका सामाग्रीलाई नष्ट गरिएको छ ।  

लामो समय देखि बजार अनुगमन हुन नसकेको उपभोक्ताले गुनासो गर्दै आएका थिए । सोलु एफ.एम.ले यस बिषयमा बारम्बार समाचार सामाग्री प्रशारण गर्दे आएको थियो । यता सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मीला खतिवडाले भने बजार अनुगमनलाई आगामी दिनमा निरन्तरता दिइने बताउँनुभयो । चाडपर्व लक्षीत मात्र नभई नियमीत अनुगमनलाई जिल्लाको विभिन्न क्षेत्रको बजारमा समेत गरिने उहाँले बताउँनुभयो ।  

अनुगमनका क्रममा सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राई, सहायक प्रमुख जिल्ला अधिकारी उर्मीला खतिवडा, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नाल, उद्योग बाणिज्य संघका प्रतिनिधि वकील कार्की, नेपाल पत्रकार महासंघका उपाअध्यक्ष भोजराज कार्की, जिल्ला घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख कपिलमणि दाहाल लगायतको सहभागीता रहेको थियो ।