चाडपर्व अगावै थुलुङदुधकोशीले सडकको स्तरोउन्नती गर्ने

- 2020 October 11 मा प्रकाशित


थुलुङदुधकोशी : दशै अगाडीनै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका भित्रका सडकहरु मर्मत तथा सरसफाई गरिने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सम्पुर्ण सडक खण्ड बर्षातको समयमा बिग्रेको हुँदा दशै अगाडीनै सवारी सञ्चालन हुने गरि मर्मत गर्ने निर्णय गरिएको प्रबक्ता भुपाल सिं राईले जानकारी दिनुभयो । 

गाउँपालिका केन्द्र मुक्ली संग जोडिएको सडक तथा अन्य अधिकांश क्षेत्रको सडक बर्खा लागेसंगै खाल्डाखुल्डी तथा पहिरो खस्दा सवारी सञ्चालनमा समस्या हुनेगरेको छ । यस्तै सोही बैठकले करार सेवामा आवेदन दिई सफल भएका  सिभिल इन्जिनियर १ जना, स्वास्थ्य सहायक ६ जना, अहेव ५ जना, नायव प्राविधिक सहायक कृषिका २ र नायब प्राबिधिक सहायक पशुका ३ जना संग करार सम्झौता गर्ने निर्णय गरिएको छ ।