सोलुखुम्बुको नेचासल्यानमा खोलाले बगाएर १ जना बेपत्ता

- 2020 September 14 मा प्रकाशित

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यानमा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब १२ बजे नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित खहरे खोलाले बगाउँदा फुर्केका ५५ बर्षिय भुईमान राई बेपत्ता भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

स्थानिय माईतीराज राईसँग शनिबार नेचासल्यानको ख्याम्पुमा चिन्ता गर्न धामीको साथी गएका उनको फर्किने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता महेन्द्र दर्नालका अनुसार बेपत्ताको खोजी कार्य जारी रहेको छ ।