थुलुङ दुधकोशी गाउँ पालिकाको बिद्यालय सुचारु गर्ने

- 2020 July 17 मा प्रकाशित

twitter sharing button
alt

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले पठन पाठन सुचारु गर्ने भएको छ । आज बिहिबार बसेको गाउँ शिक्षा समितिको बैठकले संक्रमण बढेमा वा नेपाल सरकारवाट बिशेष निर्देशन परिपत्र भएमा सोही बमोजिम हुने गरी हाललाई यहि साउन २२ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकले साउन ५ गते भित्र जिल्ला बाहिर रहेका शिक्षक तथा कर्मचारीहरु सम्पर्कमा आई १४ दिनको होम क्वारेन्टाइनमा बसेपछि मात्रै पठन पाठन शुरु हुने अध्यक्ष असिम राईले जानकारी दिए ।

कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले गरेको लक डाउनका कारण गत चैत्रदेखि विद्यालय बन्द रहेको अवस्थामा थुलङ दुधकोशी गाउँपालिकाले उच्च सतर्कता अपनाएर पठन पाठन शुरु गर्ने अध्यक्ष राईले बताए ।

विद्यालय सञ्चालन गर्दा सामाजिक दुरी अनिवार्य कायम गर्ने, जङ्क फुडलाई निरुत्साहित गर्ने र विद्यालय सञ्चालन सम्बन्धमा विद्यालयहरुले वडा शिक्षा समितिसँग समन्वय गरी अभिभावकहरुलाई अभिमुखिकरण गर्नेसमेत निर्णय गरेको छ ।