जीवनको अर्थ के हो?

- 2020 May 13 मा प्रकाशित

आखिर जीवनको अर्थ के हो? जीवनको अर्थ भनेकै जीवनलाई अर्थ दिनु हो । तर कसरी दिने हो त जीवनलाई अर्थ? जीवनलाई अर्थ दिनका लागि हामी जीउँदो छँदा नै पुरापुर जिउनु पर्छ ।
उदाहरणका लागि कलेज जीवनमा पढाईप्रति बढो गम्भीर बन्नुपर्छ र विद्यार्थी जीवनमा किताबै पढ्ने, किताबै ओढ्ने, किताबै खाने, किताबै बोक्ने, किताबै ढोग्ने गर्नुपर्दछ ।
हो, किताबप्रती वफादार बन्नुपर्छ तर जीवनमा पढाई नै सब थोक होईन । “कलेज जीवन ” (college life) लाई अर्थ दिन सक्नुपर्छ । कलेज जीवनको उमेरलाई अर्थ दिनुपर्छ । मतलब कलेज पढ्दा थुप्रै साथीहरू बनाऊ । केटा साथी बनाऊ वा केटी साथी बनाऊ, प्रेममा फस, चिया / कफि गफ मार । सबैको आकर्षणको विन्दु बन । बास्केटबल वा फुटबल वा कुनै गेम खेल । अरुलाई देखाउनलाई पनि नाछ, सुनाउनै गाऊ । प्रेमका मुक्तक वा गजल लेखा । सिनेमा हेर्न जाऊ ।
२० बर्षपछि भेट हुँदा पनि साथीहरूले वाह! यो त उहीँ गज्जब्को साथी हो यार भनेर मुस्कान सहित अँगालो मार्न आओस् न ।
यसरी नै जीवनको अर्थ नै जीवनलाई अर्थपूर्ण बनाउनु हो । प्रत्येक दिन पुरापुर बाँच्ने हो ।

सम्बन्धित समाचारहरू