बिछोडको कथा

- 2020 June 9 मा प्रकाशित

सपनाको कथा भाग ५
( यो एउटा काल्पनिक कथा मात्र हो यदि कसैलाई यस कथाले कसैलाई कुनै बाधा पुर्याउन पुगे क्षमा माग्न चाहन्छु।)

प्रेम गर्ने हरुको भागय खराब हुन्छ,
भेट्घाट बिचोड सँग जोडिएको हुन्छ,
समय मिल्यो भने प्रेम को किताब पढ्नु,
सबै प्रेम गर्नेको कहाँनी अधुरो हुन्छ ।

सानो परिवार सुखी परिवार भन्ने नारालाई आत्मसात भएर नै होला सायद मेरो परिवार पनि सानै छ । बाबा आमाले जतिनै दुख झेल्नु परेपनी आजसम्म उहाँहरुकै कृपाले होला हामीलाई केही कुराको कमि भएको आभास भएको छैन । उमेर पनि कलिलै थियो । १६ / १७ को उमेर, मन चरी जस्तै भुरुरु उड्न लागेको थियो । त्यत्तिकैमा एकदिन एक अज्ञात नम्बर बाट I love you so much भनेर मेसेज आयो । म त्यो मेसेज हेरेर छक्क परेँ किनकी love you so much भन्ने संदेश आजसम्म न त कसैलाई लेखेको वा भनेको थिएँ न त कसैले मलाई तर यो पहिलो मेसेज थियो । मैले बडो सावधानीका साथ मैले उसको हरेक कुराहरु सोधेँ । २/ ४ दिनपछी थाहा भयो कि कसैले मेरो Facebook ID ह्याक गरेर फोन नम्बर उसलाई दिएको रहेछ भनेर । केही दिन अगाडि verification pin त मेसेजमा फेसबुकबाट आएकोथ्यो तर वास्ता गरेको थिएन । मैले हत्तपत्त Facebook password परिवर्तन गरेँ ।
Hacker ले त्यो केटिलाई मायाजालमा फसाएको रहेछ । म त्यो केटा हैन भनेर बल्लतल्ल सम्झाउन सकेँ किनकी त्यो केटी पागल जस्तै भएकी थिइ । हाम्रो हरेक दिन मेसेजमा कुरा हुन्थ्यो । उसले फोनमा कुरा गरौं भनेर आग्रह गरिरहन्थिन तर मलाई किन हो किन face to face अनि फोनमा कुरा गर्न अत्यन्तै गाह्रो लाग्छ ।
कुरा गर्दागर्दै हाम्रो कुरैकुरामा माया मिसिएको पत्तै भएन । हरेक दिन मेसेजमा कुरा हुँदा कहिले मायाको कुरा त कहिले सुख अनि दुखको कुरा हुने गर्दथियो । उसले मलाई जहिले पनि हजुरले धोका त दिनुहुन्न नि भन्दै केके कसम हाल्न लगाईरहन्थिन । मैले खुल्ला आँखाले सपनाहरू सजाउन थाली सकेको थिएँ र उनले पनि । हाम्रो कुरा बिहे गर्ने सम्म पुगिसकेको थियो तर परिवारले हाम्रो सम्बन्ध स्वीकार गरेको थिएन जात मिलेन रे । अहिलेको जमानामा पनि जातको कुरा नगर्नुहोस् भनेर परिवारमा आग्रह गरेँ तर कसैले मेरो कुरा सुनेनन् । परिवारमा हाम्रो कुरा नमिलेपछि भागेर बिबाह गर्ने सुर गर्यौँ । हामीले एकपटक पनि भेटेको थिएनौं तर फेसबुकमा भेट भइरहन्थ्यो । हाम्रो जिल्ला एउटै भएपनी घर धेरै टाढा थियो भेट्ने कुरामा घरबाट टाढा जाने अनुमती दुबैको परिवारले दिएको थिएन ।
हरेक दिन जस्तै त्यो दिन पनि हामीले निकै बेरसम्म अरु कुराहरु गर्यौँ अनि भोलिपल्ट सदरमुकाममा भेट्ने कुरा गरेर सुतेँ । ९ बजेतिर खाटमा पल्टेको थिएँ तर निद्रा लाग्ने छाँटकाट थिएन । हाम्रो पहिलो भेट कस्तो होला भनेर सोच्दै थिएँ तर मोबाइलमा आलार्म बज्यो । करिब ३ बजेतिरको आलार्म राखेको थिएँ । कपडाहरु बेलुका नै सानो झोलामा लगाइसकेको थिएँ अनि एताउती गाउँ मै काम गरेर केही पैसा जम्म गरेको थिएँ । त्यो पनि झोलामा राखेर कसैले चाल नपाउने गरि ढोकाबाट निस्केर भागेँ । करिब ११ बजेतिर सदरमुकाम पुगेँ । मलाई कुरेर उनी बसिरहेकी रहिछ । देख्ने बित्तिकै आँखा भरी आँसु बनाउदै छेउमा आएर मैले हजुरलाई कत्ती कुरेँ किन ढिला आउनुभको भन्दै थिइन मैले आउँदा पानी परेकोले बाटो चिप्लोथ्यो अनि ढिलो भयो भनेँ । कतै गएर खाना खाने कुरा भयो हाम्रो अनि एउटा होटलमा गएर खाना खायौं उनले काठमाडौको टिकट काटिसकेको रहेछ । गएर बसमा चढेको केही बेरपछी गाडी हिँड्यो काठमाडौ तिर । बाटोमा अलिअलि मात्र कुरा भयो । त्यही कुरा सधैंको जस्तो धोका त दिनुहुन्न नि ल यो कसम खानुस त्यो कसम खानुस भनेर । त्यत्तिकैमा भोलिपल्ट काठमाडौंमा पुग्यौं अनि बस पार्कबाट १ घन्टा जति हिँडे पछि बल्लतल्ल कोठा पाइयो ।
कोठा सानो थियो तर ठुलो कोठाको लागि पैसा कहाँ थियो र । पेस्की स्वरुप केही रकम घरबेटीले मागेको हुनाले मैले दिएँ । दुवैजना थाकेको हुनाले अनि रात पनि परेसकेको हुनाले दिउँसोको खाजाकै भरमा सुत्यौँ । घरबेटीले खाना छैन होला भन्दै अलिकति खाना ल्याइदिएको थियो अनि मैले उसलाई के खाने भनेर सोधपुछ गर्दा केहिपनि नखाने उत्तर आएको हुनाले लागेको भोक पनि टर्यो । त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट सबेरै दुवै जना उठेर कोठा सफा गरेर खाना पकाएर खायौं । अनि म चाहिँ पसलबाट आवश्यक केही खानेकुरा लिन उसलाई कोठामै बस्नु भनेर गए ।
हामीले काठमाडौं प्रवेश गरेको पनि एक हप्ता भैसकेको थियो । घरबाट ल्याएको पैसा पनि सकिन लागेको थियो । कुनै काम पनि पाएको थिएन । केहि दिनपछि मैले एउटा कपडा पसलमा मैले सानो काम भेट्टाएँ । घर चलाउन अलिक सजिलो भएको थियो । बिहान बेलुका खाना पकाउन मैले उसलाई सहयोग गर्थें अनि दिउँसो काममा जान्थेँ । हाम्रो सम्बन्ध पहिला भन्दा राम्रो हुँदै गएको थियो । दिनभरी ऊ घरमै बस्थी अनि कुनैकुनै दिन हामी घुम्न पनि जान्थ्यौँ । हामीले लगभग काठमाडौं सबै घुमिसकेका थियौं । दिनहरु बित्दै गए । मैले उसलाई कहिल्यै गाली गरिन तर ५/६ महिना पछि हाम्रो सम्बन्धमा कस्को आँखा लाग्यो कुन्नी अलिअलि गरेर मनमुटाव बढ्न थाल्यो ।
हरेकदिन उसलाई रिचार्ज कार्ड कम्तिमा पनि १०० रुपैयाँको चाहिन्थ्यो । मैले हुन्न भन्दा पनि मेरो केही सीप चल्दैन थ्यो बाध्य भएर म ल्याइदिन्थेँ । खाना खाँदा पनि उसको आँखा फेसबुकमा हुन्थ्यो । अब त म झन सबै घर धन्दा सकेर काममा जान थालिसकेको थिएँ । उसको चाहिँ उठ्दा पनि फेसबुक सुत्दा पनि फेसबुक । मलाई नरमाइलो लाग्न थालिसकेको थियो । म अरुकै मुखबाट दिउँसो मेरो कोठामा नचिनेको मान्छे हरु पनि कहिलेकाहीँ आउछन् भन्ने खबर सुनेको थिएँ तर वास्तै गरेको थिएन ।

तिम्रो माया किन आधा भयो
जिबन किन साधा भयो
सङ्गै जिउने मर्ने कसम पनि आधा भयो
कति माया गर्छु तिम्लाइ फेरि किन बाधा भयो ।।

सुखको मैदानमा रमाउन चाहन्थे म
केबल दुखको भुमरीमा रमाउन पुगेछु
चोखो माया पाउन चाहन्थे म
केबल झुटो माया पाउन पुगेछु

एकदिन मेरो पसल किनहो म पुग्दा बन्द थियो त्यसैले म कोठा फर्किएँ तर कोठामा त पत्याउनै नसक्ने छक्का पन्जा ४ को सुटिङ हुन लागेको रहेछ । त्यो दिन हामी दुई जनाको ठुलै झगडा पर्यो त्यो दिनबाट हाम्रो सम्बन्ध चैट भयो । अनि ऊ आफैँ कपडा प्याक गरेर रुँदै कोठाबाट निस्केर कता गै मैले वास्ता गरिन । घरमा हुँदा बुबाले बिहे नगर जात मिल्दैन भन्नू त भएको थियो तर मैले नटेरी बिहे गर्दा जातले हैन सामाजिक संजालको कारणले गर्दा सपनामा दुख पाएँ ।