समस्यामा परेका नागरिकहरुलाई आफ्नोगाउँ फर्काउदै १० नं वडा कार्यलय

- 2020 April 24 मा प्रकाशित

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० को वडा समितिको आज बसेको बैठकको निर्णय अनुसार लक डाउनका कारण काठमाण्डौमा समस्यामा परेका आफ्ना नागरिकलाई सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङ्ले उद्धार कार्य शुरु गरेको छ । काठमाण्डौमा रहेका सोलुदुधकुण्ड नगरपालिका वडा नं १० का विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्ने, बिरामी, सुत्केरीलाई पहिलो प्राथमिकतामा राखी जिल्ला प्रशासन कार्यलय संग सवारी पास अनुमती प्रदान गरि बैशाख १२ देखि उद्धार कार्य शुरु गरेको हो ।

बैशाख १२ गते शुक्रबार देखिनै नागरिकहरु बस/जिप मार्फत् सोलुखुम्बु फर्कने क्रममा छन् । जसमा सबै सोलुदुधकुण्ड नगरपालिका वडा नं १० का नागरिक रहेकाछन् । काठमाडौंबाट गाउँ फर्कनेहरुले १४ दिन अनिवार्य सेल्फ होम क्वारेन्टाइनमा बस्नुपर्ने र होमक्वारेनमा रहदा वडाले अनुगमन टोलिको समेत ब्याबस्था गरेको छ। वडा भित्र प्रवेश गरेको नागरिक हरु अनुगमन टोलिको निगरानीमा रहने छन । बाटोमा अनिवार्य रुपले मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने, काठमाडौंदेखि घर आउन खाना खाजाको व्यवस्था आफैंले गर्नुपर्ने छ। आवस्यकता अनुसार नागरिकहरुलाई उद्धार गर्ने र बाँकी सेड्युल बनाएर अती समस्यामा परेकाहरुलाई उद्धार गरिने सोलुदुधकुण्ड नगरपालिका वडा नं १० का वडा अध्यक्ष मिङमार छिरी शेर्पाले जानकारी दिनुभएको छ ।