टाप्टिङ स्वास्थ्य ब्याबस्थापन समितिले कोरोना भाईरस रोकथामको लागि महत्त्वपूर्ण निर्णय गर्‍यो ।

- 2020 April 17 मा प्रकाशित

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० को स्वास्थ्य चौकी टाप्टिङ खाम्दिङमा स्वास्थय ब्याबस्थापन समितिको बैठक ब्याबस्थापन समितीको अध्यक्ष साथै १० नं वडा अध्यक्ष मिङमार छिरी शेर्पाको अध्यक्षतामा बैशाख ४ गते बसेको बैठकको निर्णय अनुसार विस्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा दोस्रो चरणको लक डाउनलाई थप कडाइ गर्न वडा कार्यलय र स्वास्थ्य चौकिले संयुक्तरूपमा महत्त्वपुर्ण निर्णयहरु गरेको छ।
नेपाल सरकारले तोके बमोजिमको सम्पुर्ण निर्णयहरु पालना गर्न र गराउन सम्पुर्ण नागरिकहरुलाई अनुरोध गर्नुको साथै वडा क्षेत्रभित्र पनि लक डाउनको नियम उल्लंघन नगर्न सबै वडा वासिहरुमा अनुरोध गरिएको छ।
वोङ्छु मेमोरियल हस्पिटलमा ५० बेडको क्वारेन्टाइन इस्थपना गरिएको छ। र सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा १0 का समासेवी , यक्टिब फ्रेन्डका डाईरेक्टर मिङमार शेर्पाले आवस्यक औसधि र अन्य उपकरण सहयोग गर्नु भएको छ।भने भौतिक संरचना सहयोग गर्नुहुने याक्पु फाउन्डेसन ,श्री चौरिखर्क राखोप सामुदायिक वनलेे बेड निर्माणको लागि सहयोग ,नेपाल रेडक्रस सोसाइटी उपसाखा टाप्टिङ्ले आवस्यक ब्ल्याङकेट सहयोग र सुनाखरी सामुदायिक संथाले म्याट्रीस सहयोग गरेकोमा स्वास्थय ब्याबस्थापन समिती तथा वडा अध्यक्ष मिङमार छिरी शेर्पाले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ। साथै अझै क्वारेन्टाइनलाई ब्याबस्थित गर्ने निर्णय भएको र वडा भित्र कुनै पनि समस्या परेमा तुरुन्तै वडा अध्यक्ष तथा वडा सदस्यहरु साथै स्वास्थ्य चौकी टाप्टिङ, स्वास्थय केन्द्र लुम्सामा सम्पर्क गर्नको लागि अनुरोध गरिएको छ।