मन छुने गजल “बुहारी आएपछि”

- 2020 March 1 मा प्रकाशित

काखको छोरो टाढियो बुहारी आएपछि

स्वर्ग जस्तो घर भाँडियो बुहारी आएपछि

तिलको दाना फोरियो, मासको दाना घोटियो

पिँढिमा किला गाडियो बुहारी आएपछि

कति हराभरा हुन्थे ती खेत र बारीहरु

खेल्ने मैदान झैँ फाडियो बुहारी आएपछि

पेवा भनि लगाको आमाको कानको माड्वारी

तान्तुन गर्दै बाँडियो बुहारी आएपछि

बल हुन्जेल हड्डी घोटियो एहि घरका लागि

बुढेसकालमा घरै छडियो बुहारी आएपछि