हिन्दु र बौद्ध धर्म मान्नेहरुले संयुक्तरुपमा ल्होसार पर्व मनाउने ।

- 2020 February 17 मा प्रकाशित

रमेश कट्वाल सोलुखुम्बु ।
यो वर्ष देखि सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १० मा हिन्दु र बौद्ध धर्म मान्नेहरुले संयुक्तरुपमा ल्होसार पर्व मनाउने भएका छन।
यस अघि पनि यस नगरपालिकामा यहाँका बासिन्दाहरुले संयुक्तरूपमानै हिन्दुहरुको महान चाड दशै संयुक्तरूपमानै मनाएका थिय।
यसरी संयुक्तरूपमा दशै र ल्होसार पर्व हरेक वर्ष मनाउने यहाँका वासिन्दाहरुले बताएका छन।यसरी संधै यसैगरी दशै र ल्होसार पर्व संयुक्तरूपमा मनाउदै गएमा धार्मिक सहिष्णुता हुँदै जाने र भाईचाराको भावना प्रगट हुने देखिन्छ।
यसरी संयुक्तरुपमा हिन्दु र बौद्ध धर्ममान्नेहरुको चाड एकै ठाउँमा बसेर मनाउन थालिको नेपालमा मात्र नभएर विस्वमानै पहिलो पटक भएको छ।