कमल थापाले स्वागत गरे पशुपतिशमशेरको प्रस्ताब

- 2019 July 29 मा प्रकाशित

राप्रपा केन्‍द्रीय कार्यसम्‍पादन समितिको बैठकले समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा संयुक्त)को निर्णयलाई स्वागत गरेको छ।

देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महशुस गर्दै अविलम्व एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी शक्तिलाई राप्रपा कार्यसम्पादन समितिको आज (साेमबार) विहान बसेको बैठकले आव्हान गरेको छ।

राप्रपा कार्यसम्‍पादन समितिको यो निर्णय राप्रपा एकीकरणको प्रयासमा अर्को महत्वपूर्ण कदम भएको बताउँदै एक नेताले यो निर्णय एकता प्रयासमा काेसेढु‌ंगा सावित हुने बताए।

कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्‍पादन समिति बैठकले पशुपतिशमशेर जबरा अध्यक्ष रहेको राप्रपा संयुक्‍तकाे एकता प्रस्‍तावलाई हार्दिकतापूर्वक स्‍वीकार गर्दै अघि बढ्ने निर्णय लिएको बताइएको छ।