खानेपानी गुणस्तर निगरानीको लागि पानी परिक्षण कार्यक्रम सुरु

- 2019 May 26 मा प्रकाशित

खानेपानी गुणस्तर निगरानीको लागि पानी परिक्षण कार्यक्रम हिजोदेखि सुरु
सोलुदुधकुण्ड नगरपालिका र फाप्लु सामुदायिक हस्पिटलको संयुक्त आयोजनामा पानी परिक्षण कार्यक्रम आज देखि सुरु गरिएको छ।
आज सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ८ केरुङ्मा वडा नं ८, ९ र वडा नं १० को परिक्षण कार्यक्रम गरियको हो ।यसै गरि नगरपालिका भरिको ११ वटानै वडाहरुमा परिक्षण गरिने जनाएको छ।पानीको परिक्षणमा पानीमा धमिलो पना र कोलिफ्रम ब्याक्टेरिया के कस्तो छ भनेर परिक्षण गरिने सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य इन्चार्ज चमर बहादुर मगरले जानकारी दिनुभयो ।